यो मन त मेरो नेपाली हो


‘मेरी मामु’को छायाङ्कन सकियो, प्रचार-प्रसारको तयारी गर्दै निर्माण पक्ष

काठमाडौं । ‘चंखे शंखे पंखे’बाट फिल्मबाट फिल्मकर्मीको रुपमा उदाएका सन्तोष सेनले ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ जस्ता हिट फिल्म ल्याईसकेका छन् । सेनको आगामी फिल्म ‘मेरी मामु’ सम्पूर्ण छायाङ्कन सकिएको छ । ३५ दिनको छायांकन सेड्यूअलमा फिल्मको सम्पुर्ण छायांकन सकिएको हो । बाल मनोविज्ञानमा आधारित यसै फिल्मबाट निर्माता सेनले आफ्नै ६ वर्षीय छोरा आयुव सेनलाई लिड रोलमा ब्रेक दिएका छन् ।

 यो फिल्म आगामी भदौ १५ गतेबाट सम्पूर्ण दर्शकमाझ रिलिजमा आउँदैछ । यसरी फिल्मको छायांकन सकिएसँगै निर्माता तथा कलाकार सेनले आफ्नो ध्यान भने रिलिज टार्गेट बनेको बताउँछन् । यो फिल्मको रिलिज मितिसहितको केही पोष्टरहरु केही समय अघिनै सार्वजनिक भईसकेका छन् । यो फिल्मको छायाङ्कन अगावै देखि प्रचार प्रसार हुदै आएको थियो, अब भन सुरु भईसकेको प्रचार प्रसारलाई तिब्रता दिने निर्माण पक्षको मनसाय रहेको छ । यसै साता ‘मेरी मामु’को शिर्ष गीत सार्वजनिक गरिने निर्माता सेनले जानकारी गराएका छन् । यो फिल्मलाई काठमाडौं, हेटौंडा, नारायणगढ, देवघाट लगाएतको ठाउँहरुमा छायाङुकन गरिएको छ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

यो फिल्ममा आयुव सेनसँगै ‘प्रेमगीत २’ फेम अभिनेत्री अश्लेसा ठकुरी, शारुक ताम्राकार, कुसुम गुरुङ लगाएतका कलाकारहरु मुख्य भुमिकामा छन् । यसै ‘मेरी मामु’बाट कुसुम गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछन् । फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् । फिल्मको कथा लेखन पनि निर्देशक थापाकै रेहको छ । यो फिल्ममा भुवन चन्द, सानु ताम्राकार, दुर्गा मल्ल ठकुरी र कृजन गौतम र शुभम बिष्टको पनि मुख्य भुमिका रहेको छ । आसुसेन फिल्मसको व्यानरमा बनेको यस चौथो फिल्मले बाल मनोविज्ञान र आमा-छोराबिचको सम्बन्धलाई पर्दामा प्रस्तुत गर्नेछ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add