यो मन त मेरो नेपाली हो


फस्टलुक्समा यस्तो छ चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’

यहि आगामी ८ असारबाट देशव्यापी प्रदर्शनीमा आउने तयारीमा रहेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ ले मँगलबार फस्ट लुक्स सार्वजनिक गरेको छ । फस्ट लुक्स अन्तर्गत चलचित्र युनिटले सिनेमाको दुई ओटा पोस्टर सार्वजनिक गरेको छ ।

जस मध्य एउटा पोष्टरमा मनिष सुन्दर श्रेष्ठ र मलिनाबीचको प्रेम र स्वरुपपुरुष ढकाल बियोग दर्शाउँछ ।यस्तै अर्को पोष्टरमा मनिष सुन्दर र मलिनाको सामिप्यतामा चरित्र अभिनेता रबी गिरी र स्वरुप पुरुष ढकाललाई तगारोका रुपमा उभ्याईएको छ ।

आगामी ८ असारमा तिमी हुन्छौं जहाँ जहाँ एकल प्रदर्शनी हुँदैछ । यो चलचित्रलाई विवेक बस्यालले निर्देशन गरेका हुन् । जसमा मनिष सुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरुपपुरुष ढकाल, रबी गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेत लगायतको अभिनय छ । वर्षा शिबाकोटी यो चलचित्रमा अतिथि भूमिकामा छिन् ।

प्रेमकथामा आधारित तिमी हुन्छौ जहाँ जहाँलाई पर्यटन मदन दवाडी सहित प्रकास बास्कोटा, डालचन्द्र दवाडी र हरिप्रसाद अधिकारीले निर्माण गरेका हुन् । यो चलचित्रमा रामशरण उप्रेतीको छायाँकन, कविराज गहतराजको नृत्य निर्देशन, अर्जुन पोखरेलको संगीत रहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add