यो मन त मेरो नेपाली हो


सकियो छायांकन चलचित्र ‘सयकडा दश’को

चलचित्र ‘सयकडा दश’ छायांकन सकिएको छ ।चलचित्रको चयानाकन सकिए लगतै निर्माताले अमृत ढुंगाना र डेब्यु गर्ल करुणा श्रेष्ठ फिचर्ड ताजा स्थिर तस्विर प्रकाशमा ल्याएका छन् ।

मनोज गजुरेलले पहिलो पटक चलचित्र मार्फत अभिनय सुरु गरेका ‘सयकडा दश’काठमाडौं, पोखरा, सिन्धुली र पाँचथरमा फिल्मांकन गरियो । रिलिज गरिएका तस्विर सुदुरपूर्वको पाँचथरमा गीत छायांकनसँग सम्बन्धित छन् ।

मंसिरमा रिलिज लक्ष्य राखिएको फिल्मलाई त्यसअगाडि च्यारिटी अभियान चलाउने तयारी गरिएको छ । भ्रष्टाचारविरुद्ध सदाचार समाज निर्माणका लागि पात्रले गर्ने संघर्ष यसको केन्द्रिय द्धन्द्ध हो ।

प्रेमगीत २ फेम्ड निर्देशक रामशरण पाठक निर्देशित फिल्मले भ्रष्टाचारले सम्बन्ध र परिवारमा पार्ने प्रभाव पेश गर्छ । राजाराम पौडेल, रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला कलाकार छन् ।

रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दीलिप ओखडाको नृत्य निर्देशन र कल्याण सिंहको संगीत छ । युट्युवस्टार गायक स्वप्न सुमनले पाश्र्वगायनमा त्रिशला गुरुङ र सन्देश पाठकसँग टीमअप गरेका छन् । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बनेको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add