यो मन त मेरो नेपाली हो


उमेश र कविताको रियल लभस्टोरीमा ‘बोबी’ ट्रेलर (भिडियोसहित)

काठमाडौं । उमेश थापा र कविता गुरुङको रियल लभस्टोरीमा बनेको फिल्म ‘बोबी’ को ट्रेलर रिलिज गरिएको छ । यो फिल्ममा रियल जोडीकै अभिनय रहेको छ ।

असार २९ गतेबाट दर्शकमाझ रिलिजमा आउने यो फिल्मको ट्रेलरमा उमेश र कविताबीचको प्रेम, रोमान्स, विछोडलाई प्रस्तुत गरिएको छ । यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् भने निर्माण पनि चाम्सकै रहेको छ ।
यो फिल्ममा उमेश र कविताका साथमा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायत कलाकारहरुको अभिनय रहेको छ ।

चाम्स इन्टरटेन्मेन्ट र लण्डन आइ इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको ‘बोबी’ मा ताराप्रकाश लिम्बुको संगीत, नवराज कृष्ण थापाको छायांकन रहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add