यो मन त मेरो नेपाली हो


प्राश्ना र अनिलको स्वोरमा “सिरैमा ढाकाटोपी ..” सार्वजनिक

गायिका प्राश्ना लामा र अनिल रानाको आवाज रहेको “सिरैमा ढाकाटोपी । ।” बोलको राष्ट्र प्रेमले भरिएको गीत सार्वजनिक भएको छ । निकै राम्रो मौलिक तरिकाले भिडियो निर्माण गरेको गीतलाई कामना डिजिटलले बजार ब्यबस्थापन गरेको छ । टुप्ला (जोसेफ) सोरेनको शब्द संगीत रहेको यस गीतमा फिमेल भोकल भने प्राश्ना लामाको रहेको छ ।
लामाको यो चौथो गीत हो । नेपाल र नेपालीको बर्णन गरेको यस गीतलाई राजधानी आसपास छायांकन गरिएको छ । गीतमा मानब थिंग , राजु लामा सुनिता राई र सुष्मिता तामांगको अभिनय रहको छ । भिडियो लाई अनिल रानाले निर्देशन गरेका छन् । संगीत बानियाको सम्पादन रहेको यस म्युजिक भिडियो लाई जनक राज अधिकारि र राम कृष्ण चौलागाईले खिचेका छन् । भिडियो निर्माणमा नेपाल राष्ट्रिय डेमोन्सट्रेसन टिम ( कपन टाईगर) ले बिसेष सहयोग गरेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add