यो मन त मेरो नेपाली हो


अन्जु पन्तको आवाजमा शाहील र शिल्पा अन स्कृन रोमान्स / भिडियो रिलिज । ‘न रुनु है’

नेपाली सिनेमा नगरीमा कुशल सम्पादकको पहिचान बनाएको सम्पादक शाहिल खानले मोडलिङ यात्रा पनि सुरु गरेका छन् । केहि समय अघि प्रदर्शनमा आएको फिल्म ‘च्याम्पियन’ बाट अभिनयको अनुभव बटुलेका शाहिलले पछिल्लो पटक म्युजिक भिडियोमा डेब्यू गर्दै अभिनेत्री शिल्पा पोखरेलसँग स्कृन सेयर गरेका छन । बुधबार   म्युजिक नेपालबाट शाहील खान र नायिका शिल्पा पोखरेल अभिनित अन्जु पन्तको आवाज रहेको गीतमा शाहिल र शिल्पाको केमेष्ट्रि गज्जबले जमेको देखिन्छ ।

 विज्ञान राइको निर्देशनमा बनेको भिडियोमा शाहिल र शिल्पाले अन स्कृन रोमान्स गरेका छन् । २ दर्जनबढि फिल्म सम्पादन गरेका तथा २ सय बढि फिल्मको ट्रेलर तयार गरिसकेका शाहिल पछिल्लो पटक ‘लभ डायरिज’ नामको फिल्मबाट ठुलोपर्दाको निर्देशनमा समेत अनुभव सँगाल्दैछन् । उक्त फिल्ममा शाहिलले एशोसियट निर्देशकको जिम्मा सम्हालेका छन् ।

अभिनयलाई सोख र चाखको विषय मान्ने शाहिल पछिल्लो १० बर्षदेखि रंगिन दुनियाँसँग नजिक छन् । उनले केहि फिल्ममा सहायक निर्देशकको काम समेत गरिसकेका छन् । ‘न रुनु है’ बोलको गीतमा अञ्जु पन्तको स्वर छ भने क्षितिज श्रेष्ठ र सन्तोष कटुवालको शब्दमा संगीत आलिफ खानले भरेका छन् । अर्जुन तिवारीले भिडियो खिचेका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add