यो मन त मेरो नेपाली हो


शिबु संग कशिशको जोडी / बन्ने भयो नेपाली सिनेमा "द प्रिन्स"

एन पी फिल्म्स प्रोडक्सनको ब्यानरमा नेपाली कथानक चलचित्र "द प्रिन्स " निर्माण हुने भएको छ । सोमबार एक कार्यक्रमका बीच चलचित्र " द प्रिन्स " को निर्माण घोषणा गरिएको छ । कुशल निर्देशक मदन घिमिरेको निर्देशनमा बन्न  लागेको सिनेमामा बिष्णु शिवाकोटीको लगानी रहने बताईएको छ ।  यस चलचित्र बाट नेपाली चलचित्र नगरीमा एउटा नयाँ अनुहारको आगामन भएको छ । यस सिनेमाको लागि नव कलाकारको रुपमा नव नायक शिबु थापा भित्रिने भएका छन् । लामो समय देखि मोडलिंग र कलाकारितामा लागी परेका शिबु कुशल खेलाडी पनि हुन् , उनि बिगत  १० बर्ष देखि मार्शलआर्ट र जिम्नाष्टिकको राम्रो खेलाडी पनि हुन् । अभिनयको साथै डान्समा पनि उत्तिकै पारङ्गत शिबुको पछिल्लो चर्चित म्युजिक भिडियो भने"पाउजु गाली"हो । उनले आधा दर्जन बढी म्युजिक भिडियोमा अभिनय पनि गरिसकेका छन् । 

पुर्ब बिराटनगरका शिबु  शाह यस चलचित्र " द प्रिन्स " को प्रमुख कलाकारको रुपमा मोडल कशिस दाहाल संग पर्दामा स्क्रिंन शेर गर्ने बताए निर्देशक मदन घिमिरेले । सम्राट थापाको कथा तथा संगीत रहने यस सिनेमामा दोन्द सम्राट बस्नेतको रहने छ भने सिनेमाटोग्राफी रामसरण उप्रेतीको रहने छ । कविराज गहतराजको कोरियोग्राफी रहने यस सिनेमामा शिबु र कशिसको अलावा अभिनेता सरोज खनाल , मनिषा पाण्डे , निशा केशी भण्डारी , र महेन्द्र मैनाली लगायतकाको प्रमुख अभिनय रहने छ । सिनेमा निकट केहि दिनमा नै फ्लोरमा जाने बताईएको छ ।  चलचित्र द प्रिन्स आधुनिक परिवेश , प्रेम , रोमान्स , मनोरंजनपूर्ण रहनुका साथै घात , बिस्वास घात त्याग र रहश्यको सेरोफेरोमा चलचित्र बन्ने बताए निर्देशक मदन घिमिरेले  । घिमिरेको निर्देशनको हिशाबले यो २९ औ चलचित्र हो ।





गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add