यो मन त मेरो नेपाली हो


सामाजिक सञ्जालमा नायिका निशा अधिकारूको ‘बेबी बम्प’

काठमाडौं । अभिनेत्री तथा निर्मात्री निशा अधिकारीले सामाजिक सञ्जालमा आफ्नो ‘बेबी बम्प’ देखाएकी छन् । निशाले इन्स्टाग्राममा सोमबार राखेको तस्वीरमा टिशर्ट माथि उठाएर आफ्नो गर्भवती अवस्था देखाएकी हुन् ।

निशाले ‘सेलिब्रेटिङ एभ्री बिट अफ इट’ क्याप्सनमा दिएकी छन् । यो तस्वीरले निकै प्रतिक्रियाहरु जन्माएको छ । कतिपयले यसलाई ‘नौटंकी’ देखाएको भन्दै नायिकाको खिसी गरेका छन् भने केहीले सामान्य रुपमा लिएका छन् । कसैले भुँडीमा नाइटो नदेखिएको भन्दै फोटो नक्कली हुन सक्ने अड्कल गरेका छन् । निशाको क्रिकेटर शरद भेषावकरसँग लामो प्रेमपछि बिवाह भएको थियो ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add