काठमाडौँ । सदाबहार नायिका करिश्मा मानन्धर पछिल्लो समय देखि राजनीतिमा सक्रिय रहेकी छिन् ।र यिनै नायिका करिश्मा मान्धरले आईतवार आफ्नो जन्म दिन पनि मनाईंन । ललितपुरमा जन्मिएकी करिश्मा आइतवार देखि ४४ वर्ष पुरा गरी ४५ औँ वर्षमा प्रवेश गरेकी छिन् ।
करिश्माको वास्तविक नाम बुनु केसी हो । चलचित्र क्षेत्रमा आएपछि उनको नाम करिश्मा भएको हो । करिश्मा केसीको नामले फिल्ममा डेब्यु गरेकी उनी निर्माता विनोध मानन्धरसँगको विहे पछि करिश्मा मानन्धर बनेकी हुन् । उनको एक छोरी छिन्। उनको पहिलो फिल्म सन्तान हो । पहिलो फिल्म खेल्दा उनी १४ वर्षको थिईन् ।
करिश्माले भारतको मुम्बईबाट फिल्म सम्बन्धी प्रशिक्षण पनि लिएकी छिन् । मुम्बईमा हुँदा छोरो की बारात दंगा फसाद हिन्दी फिल्ममा पनि काम गरेकी छिन् । बलिउडमा केही फिल्म गरेपछि करिश्मा नेपाल फर्किएर नेपाली फिल्ममा काम सुरु गरेकी हुन् । १४ वर्षको उमेरमै फिल्म खेल्न थालेपछि उनले पढाई छोडेनु पर्यो ।करिश्माको वास्तविक नाम बुनु केसी हो । चलचित्र क्षेत्रमा आएपछि उनको नाम करिश्मा भएको हो । करिश्मा केसीको नामले फिल्ममा डेब्यु गरेकी उनी निर्माता विनोध मानन्धरसँगको विहे पछि करिश्मा मानन्धर बनेकी हुन् । उनको एक छोरी छिन्। उनको पहिलो फिल्म सन्तान हो । पहिलो फिल्म खेल्दा उनी १४ वर्षको थिईन् ।
अमेरिका गईन् । लामो समय अमेरिका बसेर नेपाल फर्किए पछि करिश्माले फेरि पढ्न सुरु गरिन् । हाल उनी काठमाडौँ त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा पढ्दैछिन् । उनले ग्यालेक्सी पब्लिक स्कुलबाट कक्षा ८ सम्मको अध्ययन पुरा गरेकी छिन् । नयाँ शक्ति नेपालकी नेतृ करिश्माले राजनितिमा लागेपछि नै आफुले फेरि पढ्नुपर्छ भन्ने सोँच आएको बताउँछिन् ।








0 comments:
Post a Comment