यो मन त मेरो नेपाली हो


हेटौँडा गोल्डकपको उपाधी आर्मीको पोल्टोमा

ट्राईब्रेकरमा नेपाल पुलिस क्लव पराजित
सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौँडामा भएको हेटौँडा गोल्डकपको उपाधी त्रिभुवन आर्मी क्लवको पोल्टोमा परेको छ । वन विज्ञान अध्ययन संस्थान हेटौडाको खेल मैदानमा त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लव बिच आज भएको फाईनल खेलमा ९० मिनेटको समय सम्म कुनै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा त्रिभुवन आर्मी क्लवले ३ को बिरुद्ध ४ गोल गर्दै नेपाल पुलिस क्लवलाई पराजित गरेको छ । पुलिसका तर्फबाट तेज तामाग र बुद्ध लामाको २ वटा प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले रोकेपछि आर्मीले उपाधी चुमेको थियो । आर्मीका तर्फबाट नवगुग श्रेष्ठको प्रहार पोलमा लागेर बाहिरीएको थियो । डिफेन्डिङ च्याम्पियन आर्मीले धेरै अबसरहरु पाएपनि अबसरलाई सदुपयोग गर्न नसकेपनि अन्तत पुलिसलाई ट्राई ब्रेकरमा पराजित गर्न सफल भएको थियो । पुलिसले आर्मीलाई रोक्दै उपाधी आफ्नो पोल्टामा पार्ने दाउको धेरै प्रयास गरेपनि निर्धारीत समयमा उसले अबसर मिलाउन नसकदा अन्तत पराजीत हुनुपरेको थियो । घाइते खेलाडि रहेको आर्मीको तुलनामा युवा खेलाडि रहेको पुलिसलाई केही एड्भान्टेज देखिएपनि गोल गराउन भने सकेन । कार्यक्रममा उत्कृष्ट फरवार्ड नेपाल पुलिस क्लबका अभिसेक रिजाल, मिल्ड फिल्डर पुलिसका तेज तामाङ, उत्कृष्ट गोल्ड रक्षक नेपाल आर्मी क्लबका विकेश कुथु, उत्कृष्ट डिफेन्स पुलिसका दिनेश राजवंशी घोषित भए । उनीहरुलाई नगद १५ हजार सहित प्रमाण पत्र पाए ।

 आजको खेलमा म्यान अफ द म्याच आर्मीका गोल रक्षक विकेश कुथु भएका छन्, । यस वर्षको खेल प्रतियोगितामा सर्वाेत्कष्ट खेलाडी आर्मीका विमल पाण्डे भएका छन्, । उनले नगद ५० हजार सहित प्रमाणपत्र प्राप्त गरे । आर्मीका प्रशिक्षक नविन न्यौपाने उत्कृष्ट प्रशिक्षक हुन पुगे । तीन विभागीय टोलीसहित ८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता त्रिभुवन आर्मी क्लवले नगद ५ लाख र उपविजेता नेपाल पुलिस क्लवले नगद ३ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष भेष खड्गीले जानकारी दिए ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add