यो मन त मेरो नेपाली हो


‘उल्झन’को फष्टलुक सार्वजनिक

फिल्म ‘उल्झन’को फर्स्टलुक पोष्टर सार्वजनिक भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको फिल्मको फर्स्टलुकमा फिल्मका तीन मुख्य पात्रलाई प्रस्तुत गरिएको छ ।

 यस पोष्टरमा अभिनेता ध्रुव दत्त, अभिनेत्री रजनी के.सी., र बेनी ढुंगानालाई पोष्टरमा अटाइएका छन् । तेजेन्द्र कंडेल प्रस्तुतकर्ता रहेको फिल्ममा नारायण ढुंगाना, नबिन अधिकारी र हरिकृष्ण कार्की निर्माता रहेका छन् । ‘उल्झन’ले युरोपमा रहेका नेपालीहरुको संघर्षको कथा बोल्छ । ‘उल्झन’ जनवरी र फेब्रुअरीमा युरोप र लण्डनमा प्रदर्शन हुनेछ । फिल्मको युरोप प्रदर्शनको तयारीका लागि निर्देशक राजु अधिकारी यतिबेला युरोपमा छन् । फिल्ममा आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथा रहेको छ । फिल्मको नेपाल प्रदर्शन मिति चैत्र २ गतेलाई कन्फर्म गरिएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add