यो मन त मेरो नेपाली हो


टुँडिखेलको माघे संक्रान्तिका क्या रमाइलो तस्बिरहरु (फोटोफिचर)

काठमाडौं । आज सोमबार टुँडिखेलमा विशेष कार्यक्रम गरी माघे संक्रान्ति मनाइएको छ। यसै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्णलाई शुभकामना दिएका छन् । काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका थारु समुदायले माघी पर्वको अवसर पारेर टुँडिखेलमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्दैे उनले नयाँ संविधानले थारु समुदायको हितका लागि थारु आयोग गठन गर्ने संवैधानिक व्यवस्था गरेको पनि स्मरण गराए ।
 प्रधानमन्त्री देउवाले मुलुकमा राजनीतिक संक्रमणकाल टुंगिएको भन्दै अब सबै समुदायमा समृद्ध छाउने विश्वास पनि व्यक्त गरे । उनले माघीजस्ता चाडपर्वले सबै नेपालीहरूबीच आत्मीय सम्बन्धलाई प्रगाढ बनाउन सघाउ पुर्‍याउँदै आएको स्पष्ट पारे । कार्यक्रममा थारु समुदायले आफ्नो संस्कृति झल्कने खालका सांस्कृतिक झलकहरू प्रस्तुत गरेका थिए ।






गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add