यो मन त मेरो नेपाली हो


नायक प्रदिप खड्का लाई फिचर गरिएको ‘ईज् इट लभ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाली सिनेमाका सफल निर्देशक मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘लिलिबिलि’को पहिलो गीत सार्वजनिक गरीएको छ । ‘ईज् इट लभ’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा एलिस कार्कीको संगीत र राजेश कुमार श्रेष्ठको शब्द रहेको छ ।

 नेपाल आइडलका प्रताप दास र मेलिना राईको स्वर रहेको गीतमा प्रदीप खड्का र जसिता गुरुङ फिचरिङ छन् । बेलायतको बिभिन्न स्थानमा छायाँकन गरिएको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । मिलन चाम्सको निर्देशन रहेको चलचित्रमा प्रदीप र जसितासँगै प्रियंका कार्की, अनुप बिक्रम शाही, सबिन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add