यो मन त मेरो नेपाली हो


सुव्रतराज आचार्यको ‘सुश्री सम्पत्ती’मा सलोन र सारा !

काठमाडौं । फिल्म ‘अधकट्टी’ निर्देशन गरेका रंग पत्रकार सुव्रतराज आचार्यले अभिनेता सलोन बस्नेत र नायिका सारालाई लिएर नयाँ फिल्म बनाउँदै छन् ।
 त्यस फिल्मको नाम ‘सुश्री सम्पत्ती’ राखिएको छ । सामाजिक कमेडी कथामा बन्न लागेको यो फिल्मको लागि अभिनेता सलोन बस्नेत र नायिका सारा अनुबन्ध गरिएको जनाईएको छ । फिल्ममा सलोन बस्नेत र सारासँगै विनोद न्यौपाने, प्रमोद अग्रहरि, विशारद बस्नेत, राजाराम पौडेल, प्रेमबर्षा खड्का र रोशनी कार्कीको मुख्य भूमिका रहनेछ ।
 फिल्ममा अर्जुन तिवारीको छायांकन, सुरेश अधिकारीको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछभने फिल्मलाई पोखराको विभिन्न मनोरम दृश्यहरुमा छायाङकन गरिने निर्देशन आचार्यले जानकारी गराएका छन् । फिल्मलाई रमेश त्वयनाले निर्माण गर्दैछन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add