यो मन त मेरो नेपाली हो

सलमान लाइ अदालतमै धम्की दियो कसले र किन ?

एजेन्सी – बलिउडका चर्चित कलाकार सलमान खानलाई धम्की दिएका छन्। भारतका एक गुण्डा नाइकेले सलमानलाई अदालतमै मार्नै धम्की दिएको हो ।
अन्तर राज्य गिरोहका नाइके लरेन्स विश्रोईले विहीबार जोधपुरस्थित कोर्टमा उपस्थित भएका सलमानलाई मार्ने धम्की दिएका हुन्। उनले भनेका छन्– देख्नमा हामी छात्र हौं । तर, सलमानलाई जोधपुरमा मार्नेछौं। तब प्रहरीले थाहा पाउनेछ।

हाल सलमान फिल्म शुटिंगका क्रममा जोधपुरमा छन् । त्यहाँको अदालतमा उनको कालो हरिण मारेको मुद्दा २० वर्षदेखि चलिरहेको छ। शुटिंगकै क्रममा आफ्नो मुद्दामा बहस भइरहेका बेला विहिबार सलमान अदालत पुगेका थिए।

सलमान अदालत पुगेपछि नाइके लरेन्सले ज्यान मार्ने धम्की दिएको हो। धम्की दिएपछि प्रहरीले उनलाई पक्राउ गरी जोधपुर अदालतमा पेश गरेको छ।उनले केही दिन पहिला व्यापारी वासुदेवको गोली हानी हत्या गरेका थिए
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add