यो मन त मेरो नेपाली हो


रजनीकान्त र अक्षय कुमारको फिल्म ‘२.०’ यस कारण खतरामा !

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार सुपरस्टारका फिल्म ‘२.०’ दर्शकहरुको लागि निकै पर्खाइको फिल्म बनेको छ । यो फिल्म धेरैपहिले नै रिलिज हुनेवालामा थियो तर, इडिटिङको काम पुरा नभएको कारण रिलिजमा ढिलाई भईरहेको छ ।

अब यो फिल्म यो वर्षको अप्रिलमा रिलिज हने पक्का भएको छ । समाचारमा आए अनुसार यो फिल्म ४५० करोड भारुमा निर्माण गरिएको हो ।

ऋब यो फिल्मको सामु अर्को समस्या आइलागेको छ । यो वर्षको अप्रिलमा सुपरस्टार रजनीकान्त र अक्षय कुमारको फिल्म ‘२.०’ सहित अन्य तीन फिल्महरु पनि रिलिजमा आउँदैछन् । जस्मा अभिनेता टाइगर श्रफ र दिशा पटानीको फिल्म ‘बागी २’, कंगना रनौतकी फिल्म ‘मणीकार्णीका’ र हलिउड फिल्म ‘अभेन्जर्सः इन्फिनीटी वार’ पनि रिलिजमा आउँदैछन् ।

यी सबै फिल्महरुको आ आफ्नो दर्शकहरु छन् । टाईगर श्रफको फिल्म ‘बागी’ले बक्स अफिसमा राम्रो कमाई गरेको थियो भने सिक्वेल फिल्म ‘बागी २’ले पनि बक्स अफिसमा कमाल गर्दैछन् ।

यता कंगना रनौतकी ड्रिम प्रोजेक्ट फिल्म ‘माणीकार्णीका’ पनि राम्रै चर्चाम बनेको फिल्म हो । त्यस्तै, हलिउड फिल्म ‘अभेन्जर्सः इन्फिनीटी वार’ पनि दर्शकहरुको पखाईको फिल्म हो । त्यसोत, भारतमा हलिउड फिल्मका पनि छुट्टै दर्शकहरु छन् ।

त्यसैले अहिले दुई चर्चित अभिनेताहरु रजनीकान्त र अक्षय कुमारको फिल्म ‘२.०’लाई खतरा बढेको हो । तर, यी दुई कलाकारका फ्यानहरुको लायि यो फिल्म निकै पखाईको फिल्म बनेको छ । अब यो फिल्मले कति कमाल गर्छ त्यो चाँही फिल्म रिलिज भईसकेपछि दर्शकहरुले नै छुट्याउनेछन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add