एजेन्सी । अभिनेत्री दिपीका पादुकोण अभिनित फिल्म ‘पद्मावती’को प्रोडक्शन सुरुवातदेखि नै कहिले सेटमा आगो लाग्ने, कहिले कामदारको मृत्यु हुनेजस्ता घटनाको सामना गर्दै आयो । त्यस्तै ‘पद्मावती’ युनिटले प्रचार प्रसारलाई धमाकेदार शैलीमै गर्यो ।
तर पोष्ट प्रोडक्शनको काम सकिए लगत्तै फिल्मलाई विवादमा तानियो । राजपुत समुदायको इतिहासलाई तोडमोड गरेको भन्दै फिल्म प्रदर्शनमा रोक लगाइएको हो । लामो समय देखि फिल्मको विरुद्धमा राजनीतिक पार्टी भाजपा र राजपुत समुदाय लागिपरेका छन् ।
गत वर्षको डिसेम्बर १ लाई रिलिज टार्गेट गरेको यस फिल्मको युनिटले फिल्म ऐतिहासिक हो कि काल्पनिक हो भन्ने उल्लेख नगरेको भन्दै सेन्सर बोर्डबाट फिर्ता गरिएको थियो ।
ऐतिहासिक भएको जनाएसँगै डिसेम्बर २८ मा पद्मावती सेन्सर त भयो । तर भारतीय फिल्म सेन्सर बोर्डले फिल्मको नाम नै परिवर्तन गर्ने निर्देशन दिएका थिए । फिल्म ‘पद्मावती’बाट परिवर्तन गरेर ‘पद्मावत’ बनाइयो ।
यो फिल्मलाई रिलिज गर्नकै लागि यति धेरै संघर्ष गरेर नाम नै परिवर्तन गरेपछि पनि निर्देशक संजयलिला भन्सालीले फिल्म प्रदर्शनमा ल्याउन अप्ठ्यारोमा परेका छन् ।
अब फेरी श्री राजपुत कर्नी सेनाले दवावमा आएर सेन्सर बोर्डले फिल्मलाई सेन्सर पास गराएको आरोप लगाएका छन् । उनीहरुले आफ्नो समुदायको इतिहासको अपमान गरेको भन्दै पद्मावतको पनि विरोध सुरु गरेका हुन्।
सेनाका सुकदेव सिंहले भनेका छन् ‘‘पद्मावत’ रिलिज गर्ने सम्पूर्ण सिनेमा घरमा हामी तोडफोड गर्छौं।’ सेन्सर बोर्डले भने इतिहासकार श्री अर्विन्द, चन्द्रमणी सिंह, केके सिंह लगायतसँगको छलफलपछि फिल्म सेन्सर गरेको जनाएको छ।

0 comments:
Post a Comment