काठमाडौं । नायक श्रीकृष्ण श्रेष्ठको जन्मदिनमा नायिक स्वेता खड्काले स्वर्गीय पति श्रीकृष्णलाई सम्झिएकी छन् । स्वेताले भावुक हुँदै शुक्रबार सामाजिक सञ्जाल (फेसबुकमा र युटुव)मा मनछुने सन्देश र भिडियो राखेकी छन् ।
विवाह भएको एक महिनामै स्वार्गारोहण भएका श्रीकृष्णका लागि श्वेताले लेखेकी छन्– ‘हजुर मेरो मन र मष्तिस्कमा जिवित र सजिव हुनुहुन्छ ।’ उनले भनेकी छिन् ‘तिमीलाई सम्झन मसँग कुनै शब्दहरुनै छैनन् । हुनत टाढा भए पो सम्झना आउथ्यो होला । तिमी त हरफ म सँगै छै । मैले फेर्ने हर सास अनी ढुढुकीमा तिमीलाई नै अनुभव गरिहरन्छु ।’
यस्तो छ सन्देशः
मृत्युको दिनभन्दा जन्म दिन महत्वपुर्ण हो । जन्म ले हाँसो फुटाउँछ अनि मृत्युले रोदन छुटाउँछ । मलाई त्यही रोदनको पल भन्दा हाँसोको पल प्यारो छ । किनकी आजकै दिन हजुर जन्मनु भएको थियो, मेरै लागि । हजुरले मेरो सिउँदो भर्नु भयो अनि रङ्गिन भविष्यको सपना देखाउनु भयो । म त्यही सपनाको रङ्गमा रङ्गिए म त्यही सपनाको रङ्गमा रङ्गिएर जिन्दगीको यात्रामा हजुरसँगै समाहित भएँ । हामी दुबै छोटो समयकै लागी सही । सँगै हिंड्यौ । जिवनको त्यो यात्रामा हजुरले मलाई कैयन खुसीहरु दिनुभयो ।
बिर्सनै नसक्ने करोडौ मिठा यादहरु अनि आँट, शाहस र हिम्मत दिनुभयो । साँच्चै हजुरले दिएका ति अविस्मरणिय पलहरुले जिन्दगीको अन्तहिन यो यात्रामा निरन्तर अगाडी बढ्नको लागी मलाई हौस्याई रहेका छन । भन्नेहरु त भन्ने गर्छन कि तपाई सदासदाको लागी बिलाउनु भयो भनेर । तर मलाई हजुर म बाट बिलाएको भान हुँदैन । हजुर त मेरै मन र मस्तिस्कमा जिवित र सजिव हुनुहुन्छ । मैले बोल्ने हरेक शब्द अनि मैले हेर्ने हरेक दृश्यहरुमा केवल हजुर नै हुनुहुन्छ । हजुर हुनुहुन्छ र त म छु । हजुरको हरेक जन्म अनि हरेक जुनी मेरै लागी हुनेछ । आजकै दिन मेरा लागि यो धर्तिमा पाइला टेक्नु भएको तपाईलाई जन्म दिनको यो पावन अवसरमा करोडौ शुभकामना
उही हजुरकी कोहिनूर र कान्छी
श्रीकृष्णको लागि स्वतेलाले राखेको भिडियो हेर्नुहोस







0 comments:
Post a Comment