यो मन त मेरो नेपाली हो


४ करोड लगानीमा बन्दै ‘भिडियोटेप’, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौं । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्म ‘भिडियोटेप’को घोषणा गरिएको छ । ललितपुरस्थित लाबिम मलमा आयोजित पत्रकार सम्मेलनमार्फत ओविद उद्दिनको निर्देशनमा बन्न लागेको फिल्म घोषणा गरिएको हो ।


हरर जनरामा निर्माण हुने फिल्मको छायांकन भदौ ५ गतेदेखि उपल्लो मुस्ताङमा सुरु हुनेछ । ३० दिनसम्म फिल्मको छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।फिल्ममा उपासना सिंह ठकुरी र कुन्दन मान शाक्य मुख्य भूमिकामा रहनेछन् । यस्तै, अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं, सिद्धार्थ सिंहलगायत कलाकारको पनि मुख्य भूमिका रहनेछ ।

फिल्ममा वशिष्ट प्रधानको डीओपी रहनेछन् भने ईश्वर घिमिरेले प्रोडक्सन म्यानेजरको जिम्मेवारी सम्हाल्नेछन् । महेश बराल मुख्य सहायक निर्देशकका रूपमा रहनेछन् ।कार्यक्रममा बोल्दै निर्देशक ओविदले आफू सानैदेखि हरर जनराका फिल्म हेरेर हुर्किएको बताए । त्यसैले आफ्नो डेब्यू फिल्ममा पनि यही जनरालाई रोजेको उनको भनाइ छ ।“म सानैदेखि हरर जनराका फिल्म हेरेर हुर्किएको हुँ । यसैले आफ्नो डेब्यू फिल्ममा पनि यही जनरालाई अगाडि बढाएको छु । यो कथा काल्पनिक विषयमा आधारित छ । कुनै पनि वास्तविक घटनासँग मिल्दैन,” उनले भने ।

नायिका उपासना सिंह ठकुरीले फिल्मको विषयमा एक वर्षअघिदेखि नै कुराकानी भइरहेको बताइन् । कथावस्तु निकै राम्रो लागेकाले फिल्ममा काम गर्न आफू उत्साहित रहेको उनको भनाइ छ ।“एक वर्षअघिदेखि नै यो फिल्मको विषयमा कुराकानी भइरहेको थियो । कथावस्तु निकै नै राम्रो छ । अब हामी फिल्मको छायांकनमा जाँदैछौं । एकदमै उत्साहित छु,” उनले भनिन् ।

नव–नायक कुन्दन मान शाक्यले पनि फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको बताए ।फिल्मलाई करिब ४ करोड रुपैयाँको बजेटमा निर्माण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।कार्यक्रममा बोल्दै एप्पल इन्टरटेन्मेन्टका प्रमुख नकिम उद्दिनले नयाँ टिमलाई साथ दिन सबैसँग आग्रह गरे ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add