यो मन त मेरो नेपाली हो


बहुप्रतीक्षित '१२ गाउँ २' प्रदर्शनको तयारीमा, दर्शकमाझ उत्साह चरममा

काठमाडौं। नेपाली चलचित्र उद्योगमा ठूलो सफलता हासिल गरेको '१२ गाउँ' को सफलतापछि निर्माण गरिएको सिक्वेल '१२ गाउँ २' अहिले प्रदर्शनको अन्तिम तयारीमा पुगेको छ। पहिलो भागले बक्स अफिसमा उल्लेखनीय व्यापार गर्दै दर्शकबाट व्यापक प्रशंसा बटुलेपछि दोस्रो भागप्रति पनि दर्शकको अपेक्षा निकै उच्च रहेको छ।


 चलचित्रको सम्पूर्ण पोस्ट-प्रोडक्सन कार्य अन्तिम चरणमा पुगेको छ भने  चलचित्र दशैँको छेको पारेर रिलिज गरिने तयारी भइरहेको यस चलचित्रकालागी निर्माण नियन्त्रक भोला सुबेदी ( आर्जे प्रणव ) ले जानकारी दिनुभयो । साथै चलचित्रको टिजर, ट्रेलर, गीत तथा प्रचार सामग्री क्रमशः सार्वजनिक गरिने पनि बताइएको छ।

'१२ गाउँ २' मा पहिलो भागको कथा र भावनात्मक पक्षलाई निरन्तरता दिँदै अझ भव्य एक्सन, पारिवारिक द्वन्द्व, प्रेम, सामाजिक यथार्थ तथा मनोरञ्जनलाई समेटिएको निर्माण पक्षको दाबी छ। विशेषगरी एक्सन दृश्यहरूलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन दक्षिण भारतीय चर्चित एक्सन डिरेक्टर स्टन्ट सिल्वाले एक्सन कोरियोग्राफ गर्नुभएको छ ।

चलचित्रमा नेपाली चलचित्र उद्योगका चर्चित कलाकारहरूको अभिनय रहेको छ भने छायांकन, एक्सन, संगीत तथा प्राविधिक पक्षलाई उच्चस्तरीय बनाइएको निर्माण पक्षको भनाइ छ। पहिलो भागलाई मन पराएका दर्शकका लागि दोस्रो भाग अझ प्रभावशाली बन्ने विश्वास निर्माण टोलीले व्यक्त गरेको छ।

यसैबीच, सामाजिक सञ्जालमा पनि '१२ गाउँ २' लाई लिएर दर्शकको उत्साह बढ्दो छ। चलचित्रसँग सम्बन्धित अपडेटहरूको प्रतीक्षामा रहेका दर्शकहरूले रिलिज मिति घोषणा हुने दिनको पर्खाइ गरिरहेका छन्।

नेपाली चलचित्र उद्योगमा पछिल्लो समय सिक्वेल चलचित्रप्रतिको आकर्षण बढिरहेका बेला '१२ गाउँ २' लाई यस वर्षको सर्वाधिक प्रतिक्षित नेपाली चलचित्रमध्ये एक मानिएको छ। प्रदर्शनअघि नै चलचित्रले व्यापक चर्चा बटुलिसकेको छ भने रिलिजपछि पनि राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।


विराज भट्टको निर्देशनमा  निर्देशक भट्ट स्वयंका साथमा समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल,  कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायत कलाकारहरूलाई चलचित्रमा देख्न पाईनेछ । काठमाडौंसहित मकवानपुर ,चितवन  र मनांगगायत विभिन्न स्थानमा चलचित्र खिचिएको छ ।  

कथा तथा पटकथा सन्तोष सरकारले तयार पारेको यस चलचित्रमा द्वन्द्व  स्टन्ट सिल्भा र शंकर महर्जनको रहेको छ ।  निर्माण व्यवस्थापन भोला सुबेदी (आरजे प्रणब) ले सम्हालेको यस चलचित्रमा नृत्य निर्देशन सियोन श्रेष्ठ  र रामजी लामिछानेले गरेकाछन । वितरणतर्फ उपत्यकामा काफिया फिल्म्स प्रालि र उपत्यका बाहिर कुबेर फिल्म्सले जिम्मेवारी लिएका छन्। 

 चित्रखबर टिभी
चलचित्रको खबर, तपाईंको सरोकारनै  

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add