यो मन त मेरो नेपाली हो


चलचित्र ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक

काठमाडौं। आगामी वैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ। यसअघि ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक गरिसकेको निर्माण टिमले तेस्रो गीतका रूपमा यो आकर्षक डान्सिङ नम्बर दर्शकमाझ ल्याएको हो।सार्वजनिक गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द राजेन्द्र थापाले लेखेका हुन् भने संगीत राजनराज शिवाकोटीले दिएका छन्। श्यामश्वेत रसाइलीको एरेन्ज रहेको गीतले सुनिरहँदा नै नाच्न बाध्य बनाउने खालको लय समेटेको छ।

भिडियो पक्ष पनि उत्तिकै भव्य र मनोरञ्जनात्मक बनेको छ। रोशन विश्वकर्माको कोरियोग्राफीमा तयार गरिएको गीतमा चलचित्रका मुख्य कलाकार विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसँगै चर्चित डान्सर सविन कार्की (बिस्ट), एलिसा शर्मा र रोशित कर्माचार्य विशेष उपस्थितिमा देखिएका छन्। सहायक कोरियोग्राफी सुनिता पोखरेलको रहेको छ भने मेकअप विक्रम थापा र शंकर थापाले गरेका छन्। हेयर स्टाइल रश्मी दाहाल र कला निर्देशन मनिता सुन्दासको रहेको छ।प्रकु पाण्डेयको निर्देशनमा बनेको यो चलचित्र रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण गरिएको हो। चलचित्रको कथा स्वयं निर्देशक पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंको रहेको छ।


कलाकारहरूको सूची पनि बलियो देखिन्छ। विजय, वर्षा र मेक्समका साथै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायतका कलाकारहरूको अभिनय रहनेछ।प्राविधिक पक्षमा पनि चलचित्र मजबुत देखिएको छ। महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ। यसअघि सार्वजनिक गीतहरूमा हर्क साउदको शब्द, एसडी योगीको संगीत र रिकेश गुरुङको एरेन्ज रहेको थियो, जसको भिडियो कोरियोग्राफी पनि रोशन बिकले नै गरेका थिए।

आरआर फिल्म्सले वितरण गर्ने ‘मालती मंगले’ले वैशाख २५ गतेदेखि दर्शकलाई भरपूर मनोरञ्जन दिने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।



गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add