भोला सुवेदी (प्रणव)
सिन्धुपाल्चोक घर भएकी कलाकार सरु कार्की उमेरले २८ वर्ष पार गरिसकेकी छन्। ५ फिट ४ इन्च उचाइ भएकी कार्की नेपालको प्रतिष्ठित जागिरमध्ये एक बैंकमा कार्यरत छिन्। कार्कीले आफ्नो जागिरसँगै बाँकी रहेको समय कलाकारितामा बिताउँदै आएकी छन्। उनले कलाकारितामा ६ वर्षको अवधिमा आधा दर्जनभन्दा बढी म्युजिक भिडियो, ४ वटा चलचित्र तथा थुप्रै टेलिचलचित्रहरूमा अभिनय गरिसकेकी छन्।
हेर्दा मायालु स्वभाव र भाव देखिने उनको अभिनय भने फरक–फरक भूमिकामा देख्न सकिन्छ। उनी भन्छिन्,
“मलाई धेरैजसो म्युजिक भिडियोबाट अफर आउँछ, तर मेरो जागिरका कारण त्यति समय दिन पाउँदिनँ। पाएको समय र फुर्सदमा भने म कलाकारितातर्फ लाग्छु। मलाई अभिनय र यो क्षेत्र मन पर्छ, र मेरो व्यावसायिक जीवनमा पनि कलाकारिताले सहज बनाइदिएको छ।”
“हुन्छ भने दिलैदेखि”, “हेर गाउँ छाती भरी”, “पिन्जडाको चरी” लगायतका गीतका भिडियोहरू उनका सफल भिडियोहरूमध्ये पर्दछन्। भिडियोभन्दा चलचित्रमा अभिनय गर्न मन पर्ने बताउने उनी चलचित्रका लागि भने पर्याप्त समय दिन नसक्ने दुःख व्यक्त गर्छिन्। उनी भन्छिन्,
“के गर्नु, जागिर पनि खानै पर्यो।”
मिसेस नेपाल २०२५ मा फर्स्ट रनरअप बनेकी सरु ‘ब्युटी विथ ब्रेन’ पनि हुन्। उनको कला शैली निकै प्रखर मानिन्छ। आकर्शक जिउडालको उनि अहिले शरीर अझै मेन्टेन गर्न दैनिक योगा र कसरत पनि गर्छिन ।। फुर्सदको समयमा अभिनयमा निखार्ता ल्याउन उनी आफै अभ्यास पनि गर्ने गरेको बताउछिन ।
सरु कार्कीको प्रमुख अभिनय रहने चलचित्र “टेम्के” यही चैतको दोस्रो साताबाट छायांकनमा जाने भएको छ। सरु भन्छिन्,
“यस चलचित्रमा मलाई फरक भूमिकामा देख्न पाउनुहुनेछ।”
सञ्चारकर्मी भोला सुवेदी (प्रणव) को कार्यकारी निर्माणमा बन्न लागेको उक्त चलचित्रको निर्देशनको जिम्मा भने देवप्रसाद धिमालले सम्हालेका छन्।
तस्वीरमा सरु कार्कि



















0 comments:
Post a Comment