यो मन त मेरो नेपाली हो


बन्ने भयो फिल्म ‘झिँगेदाउ २’ तर मुख्य कलाकारमा हेरफेर / मुकुनको स्थानमा महेश

काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजा को निर्देशनमा निर्माण हुने फिल्म ‘झिँगेदाउ २’ को मुख्य कलाकारमा हेरफेर गरिएको छ । छायांकन सेड्युललाई लिएर विवाद भएपछि निर्देशक देउजाले मुख्य अभिनेता मुकुन भुषाल लाई हटाएर अभिनेता महेश त्रिपाठी लाई अनुबन्धित गरेका हुन् ।

कपनगढी सिनेमा प्रालीको व्यानरमा निर्माण हुने यो फिल्मको शुभमुहूर्त आगामी मंसिर १५ गते सोमबार हुने र सोही दिनबाट छायांकन सुरु हुनेछ ।फिल्ममा महेश त्रिपाठीसँगै आर्यन सिग्देल, सरोज खनाल, वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह लगायतका कलाकारहरू भित्र्याइएका छन् । यसअघिका कलाकारहरू केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट लगायत भने यथावत् छन् ।

शुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको यो फिल्मलाई अर्को वर्षको दशैंमा रिलिज गर्ने घोषणा निर्देशक देउजाले गरेका छन् । फिल्ममा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत र मित्र डी गुरुङको सम्पादन रहनेछ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add