यो मन त मेरो नेपाली हो


बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट घर फर्किए

एजेन्सी । बलिउड अभिनेता धर्मेन्द्र बुधबार अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । उनलाई छोरा बबी देओलले घर लगेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वास्थ्यमा समस्या उत्पन्न भएपछि धर्मेन्द्रलाई केही दिनअघि ब्रीच केन्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालका चिकित्सक प्रतीत समदानीका अनुसार धर्मेन्द्रलाई बिहान साढे सातबजे डिस्चार्ज गरिएको हो । परिवारकै आग्रहमा अस्पतालबाट डिस्चार्ज गरिएको डा. समदानीले जानकारी दिए । उनका अनुसार परिवारले घरमै राखेर उपचार गराउन चाहेका कारण अस्पतालबाट डिस्चार्ज गरिएको हो ।


धर्मेन्द्रको घर आसपासको सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । भिड जम्मा हुन सक्ने र अनियन्त्रित हुन सक्ने भन्दै उनको घर बाहिर सुरक्षाकर्मीले घेराबन्दी गरेको बताइएको छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add