काठमाडौं
बेलायतमा आयोजना भएको मिल्टन किन्स इन्टरनेशन फिल्म फेस्टिभल २०२५ मा नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड जितेको छ। चलचित्रलाई सौरभ लामाले खिचेका हुन् ।
‘यो मन त मेरो नेपाली हो’ का निर्माता तथा निर्देशक मित्र प्रधान (नर) उक्त अवार्डमा भागलिन अमेरिकाबाट बेलायतको मिल्टन किन्स गएका थिए । प्रधानले आफ्नो चलचित्रले बेलायतमा भएको यति ठुलो फेस्टिभलमा उत्कृष्ट सिनेमाटोग्राफीको पाउँदा धेरै खुसि लागेको बताए ।
त्यसमा पनि सयौँ विदेशी फिल्महरूसँग प्रतिस्पर्धा गर्दै उत्कृष्ट सिनेमाटोग्राफीको उपाधि प्राप्त गर्दै इतिहास रच्दै यो उपाधि प्राप्त गर्ने पहिलो नेपाली चलचित्र बनेको छ।विश्वभरिबाट सयौ फिल्मले भाग लिएको मिल्टन किन्स इन्टरनेशन फिल्म फेस्टिभलमा नेपाली चलचित्रले अवार्ड पाउने नेपाली फिल्मी क्षेत्रको लागि नै गर्बको कुरा भएको बताउनु भयो ।
यस्तै अमेरिकाको सन फ्रान्सिस्कोमा आयोजना हुने ‘सान फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’ मा पनि चलचित्र ‘यो मन त मेरो नेपाली हो’ छानिएको कलाकार तथा निर्माता ज्ञान बहादुर प्रधान (रोशन)ले जानकारी दिएका छन् ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई,आयुशा समाल, बुद्धि तामाङनारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”लगायतको अभिनय रहेको छ।
मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ ।सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी , सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।
दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको चलचित्रमा संगीत रहेको छ भने दिपक शर्मा , विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।











0 comments:
Post a Comment