यो मन त मेरो नेपाली हो


जीवन शाहीको निर्देशन रहेको चलचित्र ‘स्त्री’ को छायांकन सम्पन्न

काठमाडौँ। जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भई रहेको चलचित्र चलचित्र ‘स्त्री’ को छायांकन सकिएको छ। काठमाडौँ आसपासमा छायांकन गरिएको चलचित्रको एउटा गीत बाँकि राख्दै अन्य सम्पूर्ण दृश्यहरुको छायांकन सकिएको निर्देशक शाहीले बताए।




मेला रेकर्डिङ्ग स्टुडियोको ब्यानरमा समिर राई निर्माता रहेको यस चलचित्रमा निर्देशक शाहीकै कथा रहेको छ। पटकथामा निर्देशक जीवन शाहीलाई किशन अर्यालले सघाएका छन्। चलचित्रको छायांकन रामशरण उप्रेतीले गरेका हुन्। चलचित्रमा बाबुल गिरीको संगीत, प्रोडक्सन म्यानेजर केवलमान सिंह बस्नेत, प्रोजेक्ट म्यानेजरमा सुबास काफ्ले, द्वन्द्व निर्देशनमा देव महर्जन, प्रमुख सह निर्देशकमा चन्द्र भण्डारी तथा मेकअपमा श्याम बराल, ड्रेस डिजाइन सुकनिता चौलागाईंको रहेको छ ।

चलचित्रको पोस्ट प्रोडक्सन थालिने र छिट्टै प्रदर्शन मिति तोकेर प्रचार प्रसारमा लाग्ने निर्माता समिर राईले बताए। नारी प्रदान कथामा बनेको चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। विजया दशमीको शुभकामना व्यक्त गर्दै चलचित्र टिमले सम्पूर्ण नेपालीको घर घरमा शान्तीको कामना समेत गरेको छ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add