यो मन त मेरो नेपाली हो


चलचित्र ‘मालती मंगले’को छायाङ्कन सम्पन्न

काठमाडौं। चलचित्र ‘मालती मंगले’ को छायाङ्कन सम्पन्न भएको छ। लगातार छायाङ्कनको क्रममा ३१औँ दिन सोमबार छायाङ्कन कार्य औपचारिक रूपमा समाप्त भएको कार्यकारी निर्माता सागर ज्ञवालीले बताए। उनका अनुसार छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका सुन्दर भूभागमा गरिएको हो।


रानी म्युजिक इन्टरनेशनलको ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा बनेको यो चलचित्रका निर्माता रामकृष्ण ढकाल हुन् भने सह-निर्माता बाबु सुवेदी, रविन श्रेष्ठ, बेदना कर्माचार्य श्रेष्ठ र स्विकृति बस्नेत रहेका छन्। निर्माता ढकालले चलचित्रलाई स्तरीय र समाजसँग जोडिने भावनात्मक कथा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले दर्शकलाई आत्मीयतासहितको पारिवारिक प्रेमकथा दिने बताए। चलचित्रलाई प्रकु पाण्डेय ले निर्देशन गरेका हुन्। कथा स्वयं पाण्डेयकै लेखन हो भने पटकथा तथा संवाद गुरागाईँले तयार गरेका छन्।


यस चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल मुख्य भूमिकामा छन् भने सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ, सागर भट्टराईलगायत कलाकारहरूको पनि अभिनय रहनेछ।


चलचित्रमा छायाङ्कन निर्देशक महेश पौडेल, सम्पादक रोमी तण्डुकार, रङ्ग संयोजक कृष्ण भण्डारी, कस्ट्युम डिजाइनर रवि पोखरेल, कला निर्देशक मनोज बोगटी, प्रोडक्सन डिजाइनर रिजन परियार रहेका छन्। राजेन्द्र थापा, आनन्द अधिकारी, गोपाल अधिकारी र हर्क साउद का गीतलाई हरि लम्साल, राजनराज सिवाकोटी, एसडी योगी र उज्ज्वल सागरले सङ्गीतबद्ध गरेका छन्।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add