यो मन त मेरो नेपाली हो


चलचित्र ‘माइतीघर’ टिम दर्शक भेट्न नेपालगञ्जमा / पात्र र निर्देशकको काम मन पराए दर्शकहरुले

नेपालगञ्ज। बडादशैँको फूलपातीका दिनदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘माइतीघर’ ले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । दशैंपछि चलचित्रको व्यवसायले सन्तोष जनक अवस्था पार गर्दैछ ।

यसैबीच, मंगलवार यो चलचित्रले नेपालगञ्जमा बम्पर व्यापार गरेको छ । त्यहाँको सिने रोयल सिनेमा हलमा मंगलवार माईतीघरका सात वटै शो हाउसफुल भएका छन् ।सोमवार साँझ कलाकारहरुसहित नेपालगञ्ज पुगेका निर्माता रोहित अधिकारीका अनुसार आज सिनेमा हल पुगेका दर्शकहरूले टिकट नै पाएका छैनन् ।

काठमाडौंबाट गएका चलचित्रका कलाकारहरु केदारप्रसाद घिमिरे, धीरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, शिशिर वाङदेल, निर्माता रोहित अधिकारी तथा निर्देशक मिलन तामाङलाई स्थानिय दर्शकहरुले भव्य स्वागत गरेका छन् । दर्शकले काठमाडौंबाट गएका कलाकारहरुलाई खुला हृदयले स्वागत गर्दै चलचित्रको मज्जा लिइरहेका छ्न् ।


नेपालगञ्जकै क्यूएफएक्स बागेश्वरीमा पनि यो चलचित्रले दर्शकको उत्कृष्ट साथ पाइरहेका निर्माता अधिकारीको भनाइ छ ।यसैबीच, आज यो चलचित्रले देशभरि नै उत्कृष्ट व्यापार गरिरहेको निर्माता अधिकारीले जानकारी दिएका छन् । बलियो वर्ड अफ माउथका कारण चलचित्रको व्यापार सुखद रुपमा अगाडि बढिरहेको छ । निर्माणपक्षले व्यापारिक आँकडा भने सार्वजनिक गर्न सकेको छैन ।


मिलन तामाङको निर्देशनमा तयार भएको यो चलचित्रमा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add