यो मन त मेरो नेपाली हो


‘जारी २ : सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । कार्तिक २१ गते प्रदर्शनमा आउने प्रतिक्षित सिनेमा ‘जारी २ : सङ् अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक फुटेजले दयाहाङ राईलाई च्याब्रुङ वादकको नयाँ रूप–रंगमा प्रस्तुत गर्छ। पहिला छोरीको जन्मपछि उत्पन्न वैवाहिक दूरी र त्यसले ल्याउने भावनात्मक उतार–चढावलाई यस सिक्वेलले मुख्य कथाक्रम बनाएको झल्को ट्रेलरले दिएको छ।

दयाहाङ र मिरुना मगरको जोडीसहित, विजय बरालको पात्रले देखाउने वैवाहिक द्वन्द्व र त्यसमा मिसिएको डार्क ह्युमरले दर्शकलाई थप जिज्ञासु बनाउने संकेत छ। ३ मिनेट ५२ सेकेन्डको ट्रेलरले यस पटकको ‘जारी’ अझ रोमाञ्चक, भावनात्मक र कौतुहलतापूर्ण हुने धारणा बलियो बनाएको छ। उपेन्द्र सुब्बा लिखित तथा निर्देशित फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा बनेको फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन्। साथै बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखु सहितको दमदार अभिनय समावेश छ।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add