यो मन त मेरो नेपाली हो


चलचित्र “कुमुदे हिड्यो हिरो बन्न” निर्माण हुँदै / नेपाल र बेलायतमा छायांकन हुने

नेपाली कथानक  चलचित्र “कुमुदे हिड्यो हिरो बन्न” निर्माण हुने भएको छ।  चलचित्र शाहित्यकार तथा गीतकार जानकी पन्त जुनको डेब्यु निर्देशनमा बन्न लागेको हो। जीवनका प्रत्येक मोडमा ‘हिरो बन्ने’ चाहना बोकेको पात्रको जीवन–संघर्षमा केन्द्रित यस चलचित्रलाई दर्शकले रोचक र प्रेरणादायी रुपमा अनुभव गर्ने अपेक्षा गरिएको छ।

चलचित्र कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा  निर्माता बिष्णु पन्त शर्मा आचार्यले निर्माण गर्न लागेकी हुन्  ।

चक्र बहादुर बराल  सह-निर्माताको रुपमा रहेको यस चलचित्रका  कार्यकारी निर्माता रंग पत्रकार एवम् रेडियो प्रस्तोता भोला सुबेदी (आर्जे प्रणव) रहेका छन्। चलचित्रको छायांकन नेपालका रमणीय स्थल दाङ, पोखरा र काठमाडौंमा हुने छ भने केही विशेष दृश्य बेलायतमा खिचिने भएका छन्।

निर्देशक जानकी पन्त जुनका अनुसार चलचित्र  “बायोपिक र सत्यकथा” मा आधारित छ, जसले नेपाली चलचित्रमा नयाँपन र वास्तविकताको स्वाद दिनेछ।

निर्माता बिष्णु पन्त शर्मा आचार्यले दिएको जानकारी अनुसार, आगामी सोमबार दाङको घोराहीमा मुहुर्त गर्दै छायांकन सुरु हुने भएको छ । करिब २० दिन नेपालमा छायांकन गरेर  तिहार लगत्तै चलचित्रको युनिट बेलायतमा छायांकनको लागी जाने जानकारी निर्माण टिमले दिएको छ ।

चलचित्रमा मुख्य पात्र “कुमुदे” को भूमिका अभिनेता कुमुद पन्तले देखिदैछन । निर्माण टिमले प्रमुख नायिकाको नाम भने हाललाई गोप्य राखेको छ, जसले दर्शकमा अझै ठूलो जिज्ञासा थपेको छ। निर्देशक पन्तले चलचित्रमा दुई नायिकाको उपस्थिति रहने बताएका छन्।

चलचित्रमा महिला द्वन्द निर्देशक किरण दाहालको रोचक द्वन्द, बिपिन आचार्य र ओम सुनारको संगीत, तथा सन्देश शाहको सम्पादन रहनेछ। उत्तम प्रसाद अधिकारीको असोसिएट् निर्देशन रहने यस चलचित्रको  प्रदर्शन मिति भने आगामी २०८३ साल तोकिएको छ। यस चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नयाँ कथा–विधान, वास्तविकता र प्रेरणादायी यात्रा प्रस्तुत गर्ने विश्वास निर्माण पक्षले  लिएको छ।






 

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add