काठमाडौं | असार २७ बाट प्रदर्शनमा आएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिमले प्रदर्शनको ५१ औँ दिन मनाएको छ। बालाजु स्थित अष्टनारायण हलमा प्रदर्शनको ५१ औँ दिन मनाएको हो।
चलचित्रको निर्माण टिमले अष्टनारायण हलमा केक काटेर ५१ औँ दिनको सेलीब्रेशन गरेको थियो । सो कार्यक्रममा निर्माता तथा कलाकार रोशन श्रेष्ठले फिल्मले अरु फिल्मको जस्तो टिकट काटेर दर्शक नल्याएको बताए । रोशनले भने ” जति दर्शक आउनुहुन्छ स्वतस्फुर्त टिकट काटेर आएका हुन् , फिल्मको चर्चा भएन होला तर फिल्मले ५१ औँ दिन पार गरेकोमा खुशी छौं ।”
कार्यक्रममा कलाकारसंघका अध्यक्ष मोहन निरौला ,राजकुमार राई, रबिन्द्र खड्का लगाएत फिल्मकमीहरु सहभागि थिए । फिल्मको टिम तथा संचारकर्मीहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।
यो मन त मेरे नेपाली हो फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल तथा बुद्धि तामाङको प्रमुख भूमिका छ । पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा ,चलचित्रका निर्माता ज्ञानबहादुर प्रधान रोशन हुन् । मित्र प्रधान को कथा तथा निर्देशन रहेको चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् ।यो मन त मेरे नेपाली हो यति बेला अमेरिकाको बिभिन्न सहरमा प्रदर्शन भईरहेको छ ।
यस्तै ‘यो मन त मेरो नेपाली हो’ टिमले नया चलचित्र स्वाह: निर्माणको घोषणा गरेको छ । चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।
चलचित्र स्वाह:लाई मित्र प्रधानले निर्माण तथा निर्देशन गर्नेछन् । शिवम अधिकारी पटकथा तथा संवाद रहने यस चलचित्रमा रोशन श्रेष्ठ मुख्य भूमिकामा देखिदै छन् भने अन्य कलाकारहरु छिट्टै सार्वजनिक गरिने निर्माण टिमले जानकारी गराएको छ । हिमाली भेगको कथामा निर्माण गरिने चलचित्र स्वाह: करिब ४ करोडको लगानीमा निर्माण हुन् लागेको हो ।










0 comments:
Post a Comment