यो मन त मेरो नेपाली हो

‎सुनिता र नोगेनको ‘च्याब्रुंङ्ग को तालैमा’ सार्वजनिक

 काठमाडौँ। गायिका सुनिता थेगिम र गायक नोगेन लिम्बुको स्वरमा सजिएको गीत ‘च्याब्रुंङ्ग को तालैमा’ भिडियो सहित सार्वजनिक गरिएको छ।


‎लिम्बु संस्कृतिमा च्याब्रुंङ्गको विशेष महत्व रहेको छ। यही सांस्कृतिक भावनालाई आत्मसात् गर्दै गीत तथा भिडियो निर्माण गरिएको निर्माण टोलीले जनाएको छ।

‎गीतमा बिष्णु किराँतीको शब्द र अनील कोयीराइको संगीत रहेको छ। भिडियोको निर्देशन किरण राईले गरेका छन् भने छायांकन दिलिप थाम्सुहंग लिम्बु र सम्पादन स्वयं किरण राईकै रहेको छ।

‎उत्कृष्ट बनेको भिडियोमा सरोज खालिंग राई, अनुषा राई, सागर केरुङ्ग, निशान लुइंटेल, समिर जाबेगु, तुलषा लिम्बु, ससिता राई र सरिता हंस्रुम्बाको दमदार अभिनय देख्न सकिन्छ। भिडियो नोगेन हंस्रुम्बा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।



गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add