यो मन त मेरो नेपाली हो


नेपाल धार्मिक सहिष्णुताको नमुना हो : सञ्चारमन्त्री गुरुङ

सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल धार्मिक सहिष्णुताको नमुना रहेको बताउनुभएको छ ।नेपाल आदिवासी जनजाति महासङ्घले ३१ औं विश्व आदिवासी दिवसको अवसरमा शनिबार ‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर । युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने मूल नाराका साथ काठमाडौँमा आयोजित समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।

सञ्चारमन्त्री गुरुङले भाषा, भेषभूषा तथा पहिचानको संरक्षण गर्नुपर्ने भन्नुहुँदै समग्रमा सिङ्गो नेपाली जनताका लागि राजनीति गर्नुपर्ने भनाइ राख्नुभयो ।उहाँले भन्नुभयो, “भेषभूषा, पहिचान, भाषाको संरक्षण गर्न जरुरी छ । सबैको आ-आफ्नै फरक संस्कृति छ । खानाको संस्कृति छ । चाडपर्व मान्ने तरिकाभित्र संस्कृति छ । धर्म, संस्कृति अरुको मानेर नाम चाहिँ किरात चाहियो भन्नुको अर्थ हुँदैन । आफ्नो सिङ्गो नेपाली जनताको लागि राजनीति गर्नुपर्‍यो । यी सबै कुराका लागि आदिवासी दिवसले प्रेरणा दिनुपर्‍यो ।”


उहाँले भाषा, भेषभूषा, परम्परागत ज्ञान तथा संस्कृतिको संरक्षण गर्नुपर्ने भन्नुहुँदै संस्कृतिले सबै शक्तिलाई एकीकृत गरेर राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संस्कृतिले सबै शक्तिलाई एकीकृत गरिराख्छ । धार्मिक सहिष्णुताको नमुना अब्बल छ नेपाल । एउटा संस्कृतिले अर्को संस्कृतिलाई सम्मान गर्छ । धेरै साँस्कृतिक सहअस्तित्व र धार्मिक अस्तित्व नेपालमा छ ।”


उहाँले नेपालको संविधानमा उल्लेख भएका अधिकारको कार्यान्वयन हुन नसकेको बताउनुभयो । वर्तमान सरकारले सम्झौता गरे अनुसार आवश्यक बुँदामा संविधान संशोधन हुने उहाँको भनाइ छ ।


उहाँले भन्नुभयो, “संविधानमा लेखेका कुरा कार्यान्वयन हुन सकेको छैन । त्यो आफ्नै ठाउँमा छ । संविधान संशोधन गर्ने कुरा २०८४ सम्म हाम्रो सरकार रह्यो भने संविधानको आवश्यक बुँदा संशोधन गरेर जान्छौं ।”




मन्त्री गुरुङले आफ्नै संस्कृतिको पालना र अभ्यास गर्ने, जल, जङ्गलको नजिक बस्ने आदिवासी समुदायको परिभाषा अलग्गै रहेको बताउनुभयो ।


नेपालमा बोलिने सबै भाषा राष्ट्र भाषाको रुपमा रहेको उल्लेख गर्नुहुँदै उहाँले मातृभाषाको संरक्षणसँगसँगै नेपाली, अङ्ग्रेजी लगायत भाषाको ज्ञान बढाउनुपर्नेमा जोड दिनुभयो ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add