यो मन त मेरो नेपाली हो

‎‘रिमै’ नेपाली समाजको दस्तावेज बन्ने दयाहाङ राईको दाबी


‎काठमाडौं । आगामी शुक्रबार अर्थात् भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रिमै’ टिम अहिले प्रचार–प्रसारमा व्यस्त छ । केही दिनअघि निर्माण टिमले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अभिनेता दयाहाङ राईले यो फिल्म नेपाली चलचित्र उद्योगका लागि एउटा बलियो दस्तावेज हुने दाबी गरे ।




‎उनका अनुसार, गुरुङ समुदायको अध्ययन गर्न चाहनेका लागि ‘रिमै’ उपयोगी सामग्री बन्नेछ । “अहिले त यो फिल्म बन्यो र रिलिज हुन्छ, तर भोलिका पुस्ताले गुरुङ समुदाय बुझ्नुपर्‍यो भने यो एउटा दस्तावेजका रूपमा रहन सक्नेछ,” उनले बताए ।

‎फिल्ममा अभिनय गरेकी रिश्मा गुरुङले गुरुङ जातिमा छोरीको भूमिकालाई विशेष महत्व दिइएको बताइन् । उनले भनिन्, “हाम्रो समुदायमा छोरा नभए पनि अन्तिम संस्कार गर्न सकिन्छ, तर छोरी नभएसम्म शव उठाउन मिल्दैन । यही कारण ‘रिमै’मा छोरीको महत्व देखाइएको छ ।”

‎दयाहाङले विभिन्न समुदायका कथा–संस्कृति फिल्ममा आउन थालेको र यसले नेपाली चलचित्रलाई समृद्ध बनाउने विश्वास व्यक्त गरे । उनका अनुसार, गुरुङ भाषामा यस्ता फिल्म पहिले बने पनि नेपाली भाषामा मुख्यधारमा ‘रिमै’ पहिलो पटक आएको हो ।

‎‘रिमै’को अर्थ छोरी–चेली भन्ने भए पनि गुरुङ समुदायमा यसलाई तरुनी भन्ने अर्थमा समेत प्रयोग गरिन्छ।

‎गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको फिल्मको निर्देशन खिल बहादुर गुरुङले गरेका हुन् भने पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । छायांकन शैलेन्द्र ध्वज कार्कीले गरेका छन् ।

‎यसमा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङलगायत कलाकारले अभिनय गरेका छन् । कार्यकारी निर्माता वीरबल घले हुन् भने निर्मातामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले छन् ।

‎संगीतमा दीपक शर्मा र थानेश्वर गौतम, सम्पादनमा मित्र डि गुरुङ, र मुख्य सहायक निर्देशकमा किरण चाम्लिङ राई छन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add