यो मन त मेरो नेपाली हो


बलियो स्टारकास्ट,सौगातको सरप्राईज ईन्ट्रि संगै परालको आगो को लाईनअप पुरा

काठमाडौं : कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथा ’परालको आगो’मा आधारित फिल्ममा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। फिल्मका लागि उनी बिहीबार औपचारिक रूपमा अनुबन्ध भएका हुन्। निर्माण टिमका अनुसार, सौगात फिल्ममा मुख्य पात्र ‘जुठे धमाई’ को भूमिकामा देखिनेछन्।

A strong star cast, with Saugat’s surprise entry, completes the lineup of "Paral Ko Aago"

सौगात अनुबन्धसँगै फिल्म ‘परालको आगो’को मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ। निर्माता सुशील  पोखरेलको लगानीमा बन्ने यस फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठ अनुबन्ध भइसकेका छन्।


त्यसैगरि फिल्मको गीत–संगीत पक्षमा पनि सशक्त टोली रहने निर्माण टिमले जनाएको छ। गीत लेखनमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुत रहनेछन् भने संगीत वरिष्ठ संगीतकार शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुत रहनेछन्। फिल्मको कथा मैनाली कथा पुरस्कार ट्रस्टको अनुमति लिएर निर्माण गर्न लागिएको हो। फिल्मको निर्देशन लक्ष्मण सुनारले गर्ने छन् भने छायांकन आगामी भदाै २६ गतेदेखि म्याग्दी आसपासबाट सुरु गरिने निर्माण पक्षले जनाएको छ।


निर्माता पोखरेलका अनुसार, फिल्म सामाजिक सन्देश दिने उद्देश्यसहित तयारीमा रहेको छ र हाल टिम पूर्ण उत्साहका साथ काममा जुटेको छ।  यो  फिल्मको छायांकन  संकल्प भुजेलले गर्दैछन्। रामजी लामिछाने नृत्य निर्देशक,सुशील देवकोटाको लेखन र सुलक्षण भारतीको स्क्रिप्ट डक्टरिंग,संकल्प भुजेलको छायांकन र नगेन्द्र घिमिरे प्रोडक्सन म्यानेजर रहेका छन् । मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ यसअघि ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि फिल्म निर्माण गरेका थिए।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add