यो मन त मेरो नेपाली हो


माघ १ गतेबाट प्रदर्शनमा आउने ‘पार्वती’ का दुई पोस्टर सार्वजनिक

काठमाडौं । रक्षा बन्धनको अवसरमा निता फिल्म्सको प्रस्तुति, नेपाली चलचित्र ‘पार्वती’का दुई फरक भावका पोस्टर सार्वजनिक भएका छन्। नायिका निता ढुंगाना अधिकारीको निर्देशनमा तयार हुने यस फिल्मसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्माणपक्षले माघ १ गतेलाई प्रदर्शनको लागि तय गरेको हो।


पहिलो पोस्टरमा ‘पार्वती’ पहेँलो छातामुनि, सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखिएकी छन्। यसले उनको जीवनका चुनौती, अन्तर्मुखी स्वभाव र भित्रै लुकेको संवेदनशीलतालाई झल्काउँछ। दोस्रो पोस्टरमा भने उनी गाउँले पोशाकमा हल्का मुस्कान र लजालु अन्दाजसहित प्रस्तुत भएकी छन्, जसले बाल्यकालको सरलता, जीवनप्रतिको सहज दृष्टिकोण र भित्री उल्लासको संकेत गर्छ।

फिल्मको कथा निता ढुंगानाले लेखेकी हुन् भने पटकथा र संवाद शिवम् अधिकारीले तयार गरेका हुन्। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। निर्माण टिममा सानिजा अधिकारी, नरसरी अधिकारी र पवन ढुंगाना रहेका छन्। निर्माणपक्षका अनुसार, ‘पार्वती’ हास्य, भावना र सामाजिक सन्देश मिसिएको कथा हो, जसमा एक साधारण पात्रको दृष्टिकोणबाट जीवनका रंग, सम्बन्धको मिठास र संघर्षको गहिराइ देखाइनेछ।

फिल्म असोजबाट छायांकनमा जानेछ। कलाकार र अन्य प्राविधिकको पूर्ण विवरण केही दिनमै सार्वजनिक गरिने निर्देशक अधिकारीले जनाएका छन्। उपत्यकाभित्र फिल्मको वितरण रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले गर्नेछन् भने उपत्यकाबाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add