यो मन त मेरो नेपाली हो


‘परालको आगो’को वर्कसपमा सौगात,प्रकाश देखि सुहाना / भदौ २६ गतेदेखि छायांकनसुरु

काठमाडौं। प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित नयाँ सिनेमाको औपचारिक वर्कसप आइतबारदेखि सुरु भएको छ। सिनेमालाई गुणस्तरीय बनाउन निर्माण टिमले सबै कलाकारहरूलाई एकै ठाउँमा भेला गरी अभ्यासको थालनी गरेको हो।

यस वर्कसपमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपाने लगायतका प्रमुख कलाकारहरू सहभागी छन्। उनीहरूले आफ्नो पात्रलाई अझ सजीव बनाउन विभिन्न अभ्यासहरूमा जुटिरहेका छन्।


सिनेमाका निर्माता सुशील पोखरेल र लेखक सुशील देवकोटा पनि वर्कसपमा सहभागी छन्। निर्माता पोखरेलले सिनेमाको गुणस्तरमा कुनै सम्झौता नगर्ने अठोटसहित आफू पनि सक्रिय रूपमा संलग्न भएको जानकारी दिए। यस सिनेमाको निर्देशन लक्ष्मण सुनारले गरिरहेका छन्।

गीत-संगीतको पक्षमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतको शब्दमा संगीतकार शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतले संगीत दिनेछन्। निर्माण टिमका अनुसार वरिष्ठ संगीतकार शान्ति ठटालसँग दुई महिनाअघि उहाँकै निवासमा पुगेर संगीत प्रयोगको स्वीकृति लिइएको थियो।


फिल्मको छायांकन म्याग्दीका सुन्दर स्थलहरूमा आगामी भदौ २६ गतेदेखि सुरु हुनेछ, जसको सिनेमाटोग्राफी संकल्प भुजेलले सम्हाल्नेछन्। प्राविधिक टोलीमा रामजी लामिछाने (नृत्य निर्देशन), सुलक्षण भारती (स्क्रिप्ट डक्टरिङ), सुशील देवकोटा (पटकथा) र नगेन्द्र घिमिरे (प्रोडक्सन म्यानेजर) रहेका छन्।

स्मरणीय छ, ‘परालको आगो’ मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश एक प्रभावशाली कथा हो, जसलाई झण्डै ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पर्दामा उतारिसकेका थिए। त्यो सिनेमा व्यावसायिक रूपमा सफल भएको थियो।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add