यो मन त मेरो नेपाली हो


पारिश्रमिक नदिनेहरुलाई नेफ्टाले छलफलमा बोलायो / पारिश्रमिक नदिनेप्रति नेफ्टा निर्मम हुने

काठमाडौं । चलचित्र प्राविधिक संघ नेफ्टाले काम लगाएर प्राविधिकहरुको पारिश्रमिक नदिनेहरुप्रति निर्मम हुने निर्णय गरेको छ । संस्थाको शुक्रबार बसेको बैठकले पारिश्रमिक लिन बाँकी रहेका निर्माण कम्पनी, निर्देशक, कलाकारका फिल्म र म्युजिक भिडियोमा काम नगर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयबारे अध्यक्ष पुष्कर लामाले पारिश्रमिक समस्या समाधान नभएसम्म त्यस्ता फिल्म र म्युजिक भिडियोमा काम नगर्ने निर्णय भएको जानकारी दिए । ‘यसरी प्राविधिकलाई पारिश्रमिक नदिनेहरूको प्रोजेक्टमा काम नगर्न प्राविधिक मित्रलाई आव्हान गर्दै काम गरेको पाइएमा संघले आगामी दिनमा गर्ने साथ सहयोगमा सोच्न बाध्य हुने पनि अवगत गराउँदछौं’ उनले भनेका छन् ।

अध्यक्ष लामाका अनुसार १० फिल्म निर्माण कम्पनीले प्राविधिकलाई पारिश्रमिक नदिएको उजुरी संघमा परेको छ । साथै, दर्जनभन्दा धेरै संख्यामा म्युजिक भिडियो निर्माताले पनि पारिश्रमिक दिएका छैनन् । पारिश्रमिक नदिने निर्माताको सूचीमा ठूलै निर्माता कम्पनी, निर्देशक र कलाकारका चलचित्र रहेको पनि उनले बताए । समस्या समाधानका लागि नेफ्टाले आइतबार दिउँसो ती कम्पनीका प्रतिनिधिलाई छलफलमा बोलाएको छ ।

‘समस्या समाधान नभएसम्म ती कम्पनीका फिल्म नगर्ने मात्र होइन, नाम नै सार्वजनिक गर्ने तयारी छ’ उनले भने । पछिल्लो समय पारिश्रमिकलाई लिएर ठूलै संकट देखिएको उनको भनाइ छ । ‘चलचित्रको बाढी आउँदा समेत यो कुरालाई सम्बोधन गर्न सकिएन भने भोलि फिल्म कम भन्दा कस्तो समस्या होला’ उनले भने ।


पछिल्लो समय कलाकारको लाखौं पारिश्रमिकको चर्चा चलेपनि पर्दा पछाडि काम गर्ने प्राविधिकको पारिश्रमिकबारे सँधै समस्या हुँदै आएको छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add