यो मन त मेरो नेपाली हो


‘मोहर’को वियोगान्त गीतमा पोखिए पल, नीति र बेनिशाको पीडा


काठमाडौँ। साउन २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मोहर’ को नयाँ गीत ‘सपना हो कि विपना हो कि जिन्दगी’ सार्वजनिक गरिएको छ। वियोग भावले भरिएको यस गीतमा थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर, प्रभा बर्तौलाको शब्द र थानेश्वर गौतमकै संगीत रहेको छ।

The tragic song 'Mohar' expresses the pain of Paul, Niti and Benisha

गीतका भावपूर्ण र कर्णप्रिय शब्दहरूले चलचित्रका पात्रहरूको मनको पीडा र विछोडको अनुभूति उजागर गर्छन्। प्रेम, विछोड र आत्मसंघर्षलाई समेटेको गीतले दर्शकलाई भावनात्मक बनाउनेछ।‘फिल्म मेकर्स’ को ब्यानरमा निर्माण भएको ‘मोहर’ का निर्माता चुम्बन जंग शाही हुन् भने लेखन तथा निर्देशन ओम प्रतिकले गरेका हुन्।

चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य लगायतका कलाकारको अभिनय छ। बालकलाकार सारा शर्मा पनि प्रमुख भूमिकामा छिन्।चलचित्रमा दीपेन बस्न्यातको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, समीर मियाको भिएफएक्स, कुमार महर्जनको एक्सन निर्देशन तथा रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी समावेश छ। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक हुन्।


यसअघि सार्वजनिक गरिएको ट्रेलर र दुई गीतमार्फत ‘मोहर’ ले दर्शकको राम्रो प्रतिक्रिया बटुलिसकेको छ। अब वियोगको पीडाले भरिएको यस गीतले चलचित्रप्रतिको उत्सुकता अझ बढाउने देखिन्छ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add