यो मन त मेरो नेपाली हो


आजबाट दर्शकमाझ चलचित्र "कोशेढुङ्गा" / बिशेष शो बाट पायो राम्रो प्रतिक्रिया

 

काठमाडौं । चलचित्र "कोशेढुङ्गा"  आज बाट प्रदर्शनमा आएको छ । यो चलचित्र दर्शकहरुले मन पराउने निर्माणपक्षके बताइरहेको छ ।

बुधबार चलचित्रको बिशेष शो को पनि आयोजना गर्यो र उपस्थित नेपाली चलचित्रधर्मिहरुले चलचित्र राम्रो बनेको र मन परेको पनि बताए ।


निर्देशक सरोज पौडेल भन्छन्, “रिलिजअगाडि भएर हामीले दाबी गरेका मात्रै होइन, साँच्चै चलचित्र राम्रो बनेको छ ।” बिशेष शोमा हेर्नेहरुको प्रतिक्रिया पनि राम्रै आएको छ उनले भने ।

"हाम्रो चलचित्र नाम अनुसारको बनेको छ " उनको दाबी छ । “हाम्रो चलचित्रको नाम ‘कोशेढुंगा’ छ । हाम्रो उद्देश्य नाम अनुसारकै चलचित्र बनाउने हो,” निर्देशक सरोज भन्छन्, “नामले जसरी ‘कोशेढुंगा’ भनेको छ, हाम्रो काम पनि यो सिनेमालाई ‘कोशेढुंगा’ बनाउनेगरी नै भइहेको छ ।”


‘कोशेढुंगा’लाई नेपाली चलचित्र उद्योगकै ‘कोशेढुंगा’ बनाउने हाम्रो लक्ष्य हो । यो चलचित्र नामले मात्रै होइन स्तरीयताका हिसाबले पनि ‘कोशेढुंगा’ नै बन्ने उनी बताउँछन् ।

“पूर्ण बहादुरको सारङ्गी कसरी नेपाली चलचित्र उद्योगकै कोशेढुंगा भयो । त्यस्तै यो चलचित्र पनि कोशेढुंगा हुनेछ,” निर्देशक सरोज भन्छन्, “पूर्ण बहादुरको सारङ्गी पनि रिलिज हुँदासम्म कसैले विश्वास गरेकै थिएन । ‘कोशेढुंगा’ पनि त्यस्तै सिनेमा हुनेछ ।”

विषय र प्रस्तुति दुवैका हिसाबले ‘कोशेढुंगा’ दर्शकको नजरमा पर्नेमा उनी ढुक्क छन् । आम नेपाली जनताले देखेको र भोगेको विषयमा चलचित्र बनेकाले दर्शकले मन पराउने उनी सुनाउँछन् ।

सरोज पौडेलको निर्देशन रहेको चलचित्र ‘कोशेढुंगा’ भदौ १२ गते रिलिज हुँदै छ ।

निर्देशक पौडेलको निर्देशन रहेको यो चलचित्र ‘कोशेढुंगा’को छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको छ । काठमाडौंमा पनि सेट लगाएर यो सिनेमाको छायांकन गरिएको छ ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्तसँगै प्रेविल कँडेल, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतको अभिनय रहेको छ ।

चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरिरहेको यो चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरिरहेका छन् ।

यस चलचित्रको गीतमा रिदम कँडेल र आशिष अविरलको संगीत रहने छ । कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add