यो मन त मेरो नेपाली हो


अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’ टिजरको चर्चा बेग्लै / मेकिंगको तारिफ सर्बत्र

काठमाडौं । मंगलबार मात्र सार्वजनिक गरिएको यस चलचित्र   ‘जेरी अन टप’ को टिजरले आठ लाख बढी भिउज युटुबमा पाएको छ । चलचित्रको ट्रेलरले नेपाली चलचित्रमा नयाँ फड्को मेकिंगमा देखिएको कमेंट्समा उल्लेख छ . अनमोल , जसिता र आंचलको राम्रै तारिफ गरिएको छ ।  असोज ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘को  १ मिनेट ५२ सेकेण्ड लामो टिजरले चलचित्रको कथावस्तुलाई खुलाउने प्रयास गरेको देखिन्छ । सुयोग गुरुङ निर्देशित चलचित्रको कथावस्तु विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा केन्द्रीत छ ।


सरोज न्यौपानेको प्रस्तुतिमा तयार फिल्म ‘जेरी अन टप’को निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले लगानिमा साझेदारी गरेका छन् । यो फिल्मको कथा हेमराज बिसीको हो ।चलचित्रको कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहँदा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । ‘जेरी अन टप’मा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । विस्वास तिम्सिनाको पटकथा रहँदा दुलिप रेग्मीको छायांकन छ ।



गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add