यो मन त मेरो नेपाली हो


बिपी राजमार्ग : ढुङ्गा उत्खनन नरोकिए खतरा

राजधानीलाई बनेपा सिन्धुली हुँदै पूर्वी नेपालसँग जोड्ने बिपी राजमार्ग पुनर्निर्माणको प्रक्रियामा अगाडि बढेको छ ।जापान सरकारबाट प्राप्त हुने २.६१ अर्ब रुपियाँको अनुदान र नेपाल सरकारको आठ अर्ब रुपियाँको लगानीमा पुनर्निर्माण हुने उक्त सडकको स्थायित्वका बारेमा भने विज्ञले चिन्ता व्यक्त गरेका छन् ।जापान सरकारले बनाइदिएको बिपी राजमार्ग सबैभन्दा दिगो राजमार्गका रूपमा परिचित थियो ।

 क्रसर व्यवसायीले रोसीखोला क्षेत्रमा उत्खनन गरेर ढुङ्गाजन्य उद्योग सञ्चालन गरेपछि खोलाको सतह नै माथि उठ्न थाल्यो, जसको परिणाम गत वर्ष असोजमा आएको बाढीले सडक नै कहाँ थियो भनेर थाहै नपाउने गरी बगायो । खोलाको सतह माथि उठेकै कारण सानो पानी पर्दा पनि अहिले रोसीखोला राजमार्गको माथि भएर बग्ने अवस्था छ । अहिले पनि रोसीखोला क्षेत्रमा ११ वटा ढुङ्गाखानी र ११ वटा क्रसर उद्योग सञ्चालनमा छन् ।

क्रसर उद्योग र ढुङ्गाखानीलाई अहिलेकै अवस्थामा सञ्चालन हुन दिने हो भने खोलाको सतह अझ माथि उठ्ने र ठुलो लगानीमा पुनर्निर्माण हुने राजमार्ग पुनः उच्च जोखिममा पर्नुका साथै यसको औचित्य नै नहुने भनेर विज्ञले सचेत गराएका छन् । खोलाको सतह बढेकै कारण गत वर्षको भन्दा कम पानी परेको अवस्थामा पनि बिपी राजमार्ग सहजै बग्न सक्ने उहाँहरूको दाबी छ । ‘रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु जाती’ भने झैँ क्रसर उद्योग र ढुङ्गाखानीको व्यवस्थापन गरेर मात्र राजमार्ग पुनर्निर्माण गर्न उहाँहरूको सुझाव छ ।


राजमार्ग निर्माणसँगै खानी र क्रसर उद्योग सञ्चालन गर्ने वा नगर्ने विषयमा स्पष्ट हुनुपर्ने उल्लेख गर्दै उहाँले यस प्रकारका उद्योग, व्यवसायहरू नियम अनुसार सञ्चालन हुनुपर्ने, उत्सर्जन भएका गेग्य्रानको सुरक्षित विसर्जन गर्नुपर्ने बताउनुभयो । सडक विभागका उपमहानिर्देशक अर्जुन अर्याल गत वर्षको बाढीपहिरोले पु¥याएको क्षतिको अध्ययन गरी सोका आधार डिजाइन गरेर बिपी राजमार्गको पुनर्निर्माण गरिने भएकाले अब निर्माण हुने संरचनामा विगतको जस्तै क्षति पुग्न नसक्ने दाबी गर्नुहुन्छ । गत वर्षको बाढीले राजमार्गको माथिभन्दा पनि भित्तालाई कटान गरेको बताउँदै उहाँले खोला राजमार्गको माथिबाट बगेको ठाउँमा विशेष उच्च पुल (भायडक प्रविधि) को डिजाइन गरेर राजमार्ग निर्माण गरिने उल्लेख गर्नुभयो ।


ठेक्का सम्झौता

सडक विभागका अनुसार गत वर्ष बाढीले क्षतिग्रस्त बनाएको भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको ३० किलोमिटर सडकलाई चार खण्डमा विभाजन गरी पुनर्निर्माण गर्न लागिएको हो । यसमध्ये २५ किलोमिटरको निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ । भकुन्डेबेँसीदेखि चार सयबेँसीसम्मको निर्माणका लागि एक अर्ब १४ करोड रुपियाँको लागतमा ठेक्का लागिसकेको छ ।


यस खण्डको दुरी ११ किलोमिटर छ । त्यसै गरी चार सयबेँसीदेखि डालाबेँसीसम्मको निर्माणका लागि एक अर्ब ४२ करोड रुपियाँमा ठेक्का सम्झौता भएको हो । यस खण्डको लम्बाइ ८.५ किलोमिटर छ ।त्यसै गरी सिन्धुलीतर्फको बर्खेखोला–नेपालथोक खण्डको निर्माणका लागि ६१ करोड १४ लाख रुपियाँमा ठेक्का सम्झौता भइसकेको छ । यस खण्डको लम्बाइ चार किलोमिटर छ । निर्माणका लागि सम्झौता हुन बाँकी रहेकामध्ये पिप्लेदेखि बर्खेखोलासम्म ३.२ किलोमिटर राजमार्ग खण्डको निर्माण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा हुन लागेको हो । यसै खण्डको निर्माणका लागि जापानले अनुदान सहयोग दिएको हो ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add