चित्र बिशेष / नेपाली कला क्षेत्रमा विशेष गरेर चलचित्र र टेलिचलचित्रमा जम्दै कलाकार अर्पणा तामाङ्ग । बर्सौ देखि कलाकारितामा लागेकी अर्पणा नेपाली चलचित्रमा जुनिएर आर्टिष्टबाट कलाकारिता सुरु गरेर हाल सम्म "लाज श्रणम" ,"रेशम फिरिरी" ," पिताम्बर" र "माग्ने राजा" र " मोहर" गरि करिब आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी अर्पणा विभिन्न अवार्डमा अवार्डेड लघु चलचित्रमा पनि काम गरिसकेको अनुभव सुनाउछिन ।
उमेरले ३५ नागेकी अर्पणा ५ फिट ४ इन्चको छिन । अहिले विभिन्न टेलीचलचित्रमा उनलाई देख्न सकिन्छ । "म सहि समयको प्रतीक्षामा छु , कलाकारीतामा मैले आफ्नो पाईला अगाडि बडाउदै आएकोछु गाह्रो पक्कै छ तर मलाई कलाको सम्मान गर्न मन पर्छ र यसैलाई कर्म ठानेर पुजा गर्नेगर्दछु" अर्पणा भन्छिन ।
"प्राय चलचित्रहरुमा चरित्र अभिनेत्रीको रुपमा काम गर्न मलाई अफर आउँछ र मेरो कपाल र बर्णले गर्दा मलाई प्राय बिदेशी अर्थात फरेनरको रोलको नि अफर आउँछ मैले त्यस्तो अभिनय नि गरे र सफलता पनि पाए , म फरक फरक चरित्रमा आफुलाई चिनाउन चाहन्छु" अर्पणा भन्छिन ।
हालै मात्र उनले एक तामाङ्ग भाषाको गीतमा पनि अभिनय गरेकि छिन र छिट्टै सार्वजानिक हुने बताईन ।
तस्वीर













0 comments:
Post a Comment