गत असार २७ बाट प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’प्रदर्शनको तेश्रो सातामा प्रदर्शन भैरहेको छ । दर्शकबाट राम्रो प्रतिक्रिया पाएको यस चलचित्रमा "पूर्ण बहादुरको सारंगी" फेम मुख्य कलाकार विजय बराल अभिनित चलचित्र हो । यस चलचित्रमा विजय बरालको अलावा रोशन श्रेष्ठ , विल्सन बिक्रम राई ,बुद्धि तामांगको साथै अभिनेत्री आयुषा समालको अभिनय रहेको छ ।
प्रदर्शनको तेश्रो सातामा देशका बिभिन्न सिनेमा घरहरुमा प्रदर्शन भैरहेको यो चलचित्र अब बिदेशमा पनि बक्स अफिस रिलिज गर्ने तयारी भैरहेको बताए निर्माता तथा नायक रोशन श्रेष्ठले ।
चलचित्रले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयास प्रशंसनीय काम गरेको भन्दै युवा पुस्ताले हेर्ने पर्ने चलचित्र बनेको प्रतिक्रिया फिल्मले पाइरहेको छ । पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा तयार भएको यो चलचित्रका निर्माता ज्ञानबहादुर प्रधान रोशन हुन् । मित्र प्रधानको कथा तथा निर्देशन रहेको चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् ।








0 comments:
Post a Comment