यो मन त मेरो नेपाली हो


चलचित्र ‘शिवांशः च्याप्टर १’ को छायाँकन सम्पन्न

काठमाडौं। नेपाली कथानक चलचित्र ‘शिवांशः च्याप्टर १’ को सम्पूर्ण छायाँकन कार्य सम्पन्न भएको छ। अभिनेता तेज गिरी र बिमला लिम्बुको अभिनय रहेको गीत ‘उकुस मुकुस’ को छायाँकनसँगै चलचित्रको सुटिङ सम्पन्न गरिएको हो।

चलचित्रको अधिकांश छायाँकन पोखराको पेरिफेरीमा गरिएको हो भने केवल एक गीतको छायाँकन मात्र काठमाडौंमा गरिएको थियो। छायाँकन कार्य ३६ दिनमा सम्पन्न भएको हो, जसको समापन पोखराको पामेमा गरिएको थियो।


चलचित्र अन्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण गरिएको हो। निर्माता अन्जन केसीले कथा लेखनको जिम्मेवारी पनि सम्हालेका छन् भने सह-निर्मातामा शोभा केसी र अनिशा केसी बोगटी रहेका छन्।

सन्तोष आत्रेयले निर्देशन गरेको यो चलचित्र उनको निर्देशनमा डेब्यु हो। तेज गिरी र बिमला लिम्बुका अतिरिक्त चलचित्रमा प्रवीण खतिवडा, रुशा न्यौपाने र विकास जोशीको पनि प्रमुख भूमिका रहनेछ।

गीत–संगीतको पक्षमा राजनराज शिवाकोटी र न्ह्यु बज्राचार्यको संगीत रहनेछ भने गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतीक छन्। स्वर राजनराज  शिवाकोटी, मिलन नेवार र समीक्षाअधिकारीले दिएका छन्।

चलचित्रको कोरियोग्राफी विक्रम चौहानले, द्वन्द्व निर्देशन मिलन श्रेष्ठले, र छायांकन शरद महतोले गरेका हुन्।


‘शिवांशः च्याप्टर १’ आउँदो असोज २४ गते देशभर एकसाथ प्रदर्शनमा आउने तयारीमा छ। यस चलचित्रमार्फत लभर ब्वाइको छविबाट परिचित तेज गिरी पहिलोपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन्।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add