यो मन त मेरो नेपाली हो


 

अभिनेत्री रेखा थापाद्वारा गृहमन्त्री लेखकलाई बधाई /प्रसंग" नागरिकता विधेयक पारित भएपछि"


काठमाडौं। नेपालमा आमाको नामबाट सन्तानलाई नागरिकता दिन सकिने व्यवस्था सुनिश्चित गर्दै प्रतिनिधिसभाबाट पारित ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ले ऐतिहासिक मोड लिएको छ।



यसै सन्दर्भमा अभिनेत्री तथा सामाजिक अभियन्ता रेखा थापा गृहमन्त्री रमेश लेखकलाई बधाई दिन मंगलबार गृह मन्त्रालय पुगेकी थिइन्। मन्त्रीसँगको भेटपछि थापाले सामाजिक सञ्जालमार्फत भावनात्मक सन्देश दिँदै भनिन्, “सन्तानलाई जन्म दिने आमा, पालनपोषण गर्ने आमा — तर नागरिकताको विषयमा किन बाबुको खोजी ? अब यो विभेद अन्त्य भएको छ। आमाको नामबाट पनि नागरिकता पाइने सुनिश्चितताले देशभरिका आमाहरुको आँखा रसाउँछ।”  

उनले थप लेखेकी छन्, “यो विधेयक पारित गर्नु ऐतिहासिक मात्र होइन, न्यायपूर्ण र साहसिक कदम पनि हो। नेपाल सरकार र विशेषगरी गृहमन्त्रीलाई हार्दिक धन्यवाद तथा शुभकामना। नागरिकताविहीन भएर पहिचानविहीनतामा बाँचेका हजारौं नेपालीका लागि यो आशाको किरण बनेको छ।”


गृहमन्त्री लेखकले शनिबार संसद्मा विधेयक पेस गर्दै आमाको नामबाट नागरिकता दिने संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्ने भन्दै जोड दिएका थिए। विधेयक बहुमतले पारित भएसँगै, नेपाली आमाबाट जन्मिएका सन्तानले अब आमाकै नामबाट नागरिकता प्राप्त गर्न सक्नेछन्।  

गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add