यो मन त मेरो नेपाली हो


पुजन काफ्लेको ‘छड्के तिलहरी’

काठमाडौं । पुजन काफ्लेले तीजको नयाँ गीत सार्वजनिक गरेकी छन् । तीजको पूर्वसन्ध्यामा उनले ‘छड्के तिलहरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

गीतमा शब्द, संगीत तथा स्वर पुजन काफ्लेको रहेको छ । सार्वजनिक गीतमा आदेश गुर्मछानको संगीत संयोजन छ ।गहना पाउँदाको खुसी समेटिएको गीतमा गहना महिलाको सौन्दर्यसँग जोडिएको यथार्थ छ । तीजमा सँगै मिलेर नाच्ने गाउने परम्परागत संस्कृतिलाई गीतले समेटेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा शिला गजुरेल, संस्कृति भुजेल र एलिजा काफ्लेको नृत्य छ । भिडियोको छायांकन अजय रेग्मीले र सम्पादन राकेश दाहालले गरेका छन्। भिडियो पुजन काफ्लेको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।



गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add