यो मन त मेरो नेपाली हो


अभिनेत्री नीता ढुङ्गानाको ‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्धित

काठमाडौं। अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने फिल्म ‘सुख दुःख’ मा वरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्धित भएकी छन्। आइतबार निर्माण पक्ष र शर्माबीच कागजी सम्झौता सम्पन्न भएको हो। अभिनेत्री शर्मालाई अनुबन्ध गर्दै नीताले भनिन्, “फिल्म ‘सुख दुःख’ मा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा हामी निकै उत्साहित छौँ। सायद हजुरबिना यो फिल्म अपूरो हुने थियो। अब यो फिल्म पूर्णतर्फ अघि बढ्दैछ।”

यसअघि नै फिल्मका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाललाई डीओपीका रूपमा अनुबन्ध गरिसकिएको छ। उनीहरूबाहेक अन्य मुख्य कलाकारको नाम हालसम्म सार्वजनिक गरिएको छैन।

निर्देशक ढुङ्गानाले केही सातापछि मुख्य कलाकारबारे जानकारी दिने बताएकी छन्। ढुङ्गानाको यो डेब्यु निर्देशन हो। फिल्मको निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेलाई दिइएको छ। *‘नीता फिल्म्स’*को ब्यानरमा बन्ने ‘सुख दुःख’ आगामी वर्षको दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने तयारी छ।


फिल्मको वितरण अधिकार उपत्यकाबाहिरका लागि एफडी कम्पनीले पाएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add