यो मन त मेरो नेपाली हो

दयाहाङ राई, तेरिया मगर र स्मीता पछि ‘मितज्यू’ मा सौगात मल्ल फाइनल

काठमाडाैँ। अभिनेता सौगात मल्ल अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘मितज्यू’ मा अनुबन्धित भएका छन्। निर्माण टिमले बिहीबार उनलाई औपचारिक रूपमा अनुबन्ध गर्दै कलाकार टोलीलाई थप मजबुत बनाएको घोषणा गरेको हो।

यसअघि नै फिल्मका लागि दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका थिए। अब सौगातको आगमनसँगै दयाहाङ र सौगातको शक्तिशाली पुनर्मिलन हुने भएपछि फिल्मप्रति दर्शकको उत्साह झनै बढेको निर्माण पक्षको विश्वास छ। यस फिल्मका लागि अन्य कलाकार पनि फाइनल गर्ने क्रम जारी रहेको निर्देशकले बताएका छन्।

फिल्मको कथा महेश राईले लेखेका हुन् भने निर्माणमा सुपरहिट फिल्म ‘घरज्वाइँ’ का निर्माता जनक घर्ती मगर छन्। निर्देशक अनिल बुढा मगर र निर्माता जनक घर्ती मगरको यो दोस्रो सहकार्य हो।

फिल्मको सिनेमाटोग्राफी शिशिर बिशङ्खेले सम्हाल्नेछन्। ‘जि.एम. मुभिज प्रोडक्सन प्रा.लि.’को ब्यानरमा निर्माण हुने यो फिल्म मंसिर दोस्रो हप्तादेखि पोखरा आसपास र ढोरपाटन क्षेत्रमा छायांकन सुरु गर्ने तयारीमा छ।

निर्माण पक्षका अनुसार फिल्म यसै वर्षको चैत २७ गते प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add