यो मन त मेरो नेपाली हो


फिल्म 'माइतीघर' को अस्ट्रेलिया अधिकार बिक्री / नेपालमा फूलपातीमा


 

छायांकन समय देखि नै चर्चामा रहेको फिल्म "" को अस्ट्रेलिया अधिकार बिक्री भएको निर्माता रोहित अधिकारीले चित्रखबर लाई जानकारी दिनुभएको छ । के कतिमा अधिकार बिक्री भएको यस बिषयमा भने पछी जानाकारी दिने उनले बताउनु भयो ।  हिमारो ईन्टरटेन्टमेन्टले  अस्ट्रेलिया एकाधिकार लिएको हो ।नेपाल प्रदर्शन भने यहि बर्षको फूलपाती बाट प्रदर्शनमा आउने जानकारी दिनुभयो ।


 रोहित अधिकारी फिल्मस्को ब्यानरमा मिलन तामाङ निर्देशित यो फिल्ममा केदार घिमिरे (माग्ने बुढा), धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, पुश्कर गुरूङ, रजनी गुरूङ लगायत कलाकारहरूको अभिनय छ। निर्मातामा रविन शेरचन र धिरज तामाङ छन् भने कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन्। 


चन्द्रबहादुर दोङको कथा, रामशरण पाठकको पटकथा र संवाद रहेको फिल्म सुसन प्रजापतिले छायांकन गरेका हुन्। फिल्म ‘माइतीघर’ दसैंको फूलपातीको दिन रिलिज हुनेछ।  

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add